site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
कम्युनिष्ट गठबन्धनसँग आत्तिएका छैनौं  
Sarbottam CementSarbottam Cement

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा मोरङ ९ बाट डिग बहादुर लिम्बुले विजयी हासिल गरे ।

कांग्रेसको उद्गम जिल्ला भनेर चिनिने मोरङबाट उनी विजयी भएका हुन् । मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पनि मोरङ १ बाट उनी चुनावी मैदानमा होमिएका छन् । 

एमालेका घनश्याम खतीवडासँग चुनावी मैदानमा रहेका लिम्बुले कम्युनिष्ट गठबन्धनसँग आफूहरु नआत्तिएको दाबी गर्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रस्तुत छ, लिम्बुसँग बाह्रखरीले गरेको संक्षिप्त कुराकानीः

 

Global Ime bank

मोरङ १ बाट उमेदवार बन्नुभएको छ । अहिलेसम्मको चुनावी माहोल कस्तो बनेको छ ?

कांग्रेसले ०७० सालमा त्यहाँ विजयी हासिल गरेको हो । यसपटक पनि मोरङबाट उमेदवार बनेको छु । कम्युनिष्ट गठबन्धनको कुरा आएपछि केही विषयमा विचार पुर्याउनुपर्ने अवस्था देखिएको छ । त्यही रणनीतिअनुसार हामी अघि बढेका छौं । जिल्लाभरमा कांग्रेसको पोजिसन राम्रो छ ।

 

मोरङले कांग्रेसको पुस्ता पुस्तालाई विजयी बनाएको छ । तर पनि त्यहाँको विकास भनेजसरी अघि बढ्न सकेन भन्छन्, अब पनि कांग्रेसलाई किन भोट दिने ?

विराटनगरमा विकास नै भएको छैन भन्न मिल्दैन । कांग्रेस र देशले नै मोरङलाई महत्वपूर्ण रुपमा लिन्छन् ।

त्यहाँ राजमार्ग बनाउने काम भैरहेको छ । काम गर्न नखोजेको होइन । राजनीतिक अस्थिरताका कारणले गर्दा भनेजति अवश्य गर्न नसकिएको हो । ६, ६ महिनामा सरकार परिवर्तन भएका छन् । यसले गर्दा पनि कांग्रेसले भनेजति विकास गर्न नसकेको हो ।

 

त्यसको दोषी कांग्रेस पनि होइन र ?

कांग्रेस यो मुलुकको जेठो राजनीतिक दल भएकाले नलिने भन्ने कुरा हुँदैन । मुलुकको राजनीतिक अस्थिरताका कारणले चाहेजति काम हुन सकेको छैन ।
सुधार भएकै छैन भन्न मिल्दैन तर राजनीतिक अस्थिरताका कारणले नभएको भनेर जनताले पनि स्वीकार गरेका छन् ।

स्थानीय तहको निर्वाचन हेर्ने हो भने पनि विराटनगरमा राम्रो देखिएको छ । जनताले त्यो कुराको बोध गरिसकेका छन् । जिल्लामा हामीले रंगशाला बनाउने, रिङरोड बनाउने, मेडिकल कलेजको स्थापना गरेर अघि बढ्ने तयारी गरेका छौं ।

विराटनगरलाई १ नम्बर प्रदेशको राजधानी बनाउने र शहरलाई कालो ताररहित बनाउनुपर्छ भनेर लागिपरेका छौं । विशेष कार्यक्रम लिएर जाने भनेर तयारी पनि गरेका छौं । छोटो समयमा विकास पनि भएको छ ।

 

तपाईँ ४ वर्षसम्म प्रतिनिधि भएर के काम गर्नुभयो त्यहाँका जनताका लागि ?

व्यक्तिगत रुपमा केही गरिएन होला । तर समग्रमा विकासका काममा आमुल परिवर्तन भएको छ । विभिन्न बाटोघाटो, ढल निकास, शिक्षा, स्वास्थ्यका क्षेत्रमा प्रशस्तै काम गरेको छु ।

 

कम्युनिष्ट गठबन्धनले तपाइँलाई अफ्ठेरो परेको छैन ?

म त्यति धेरै आत्तिएको छैन । कम्युनिष्ट गठबन्धनले साम्यवाद लक्ष्य भनेर हिँडेका छन् । संसारमा असफल भएको व्यवस्था नेपालमा ब्युँताउन खोजेका छन् । त्यो कुनै हालतमा सम्भव छैन ।

 

जनताले मत दिए स्वीकार गर्नुपरेन त ?

जनतालाई मत दिन्छन् भन्ने लाग्दैन । जनताले लोकतान्त्रिक मुल्य मान्यता न्युनिकरण गर्न भोट दिन्छन् भन्ने लाग्दैन । जनताको बीचमा हामी सधैं छौं  केही कमीकमजोरी भए हामी सच्याउन तयार छौं । कांग्रेसको उद्गम स्थान मोरङवासीले अहिले पनि पूर्ण साथ दिन्छन् भन्ने मलाई विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०७४  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC