site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतविरुद्ध नेपालको सय रन पुरा, दिपेन्द्रको अर्धशतक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । मलेसियाको बायुमस ओभलमा नेपालले तीन पटकको बिजेता भारतको सामना गरिरहेको हो । 

भारतविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले मध्यम प्रदर्शन गरिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालले ३५   ओभरको समाप्तिमा एक सय रनको आँकडा पुरा गरेको छ । ३५  ओभरको खेल सकिँदा नेपालले ४  विकेट गुमाएर १०६ रन बनाएर खेलिरहेको छ ।

त्यस्तै नेपालका कप्तान दिपेन्द्र सिंह एरीले अर्धशतक समेत पुरा गरेका छन् । क्रिजमा रहेका दिपेन्द्रले ७१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन् । उनलाई भिम सार्कीले साथ दिइरहेका छन् । 

Global Ime bank

यसअघि नेपालका जितेन्द्र मुखिया ३६, अनिल कुमार साह ६, रोहित कुमार पौडेल ६ तथा आसिफ शेख मात्र ३ रन बनाएर पेभेलियन फर्किए । भारतको आदित्य थाक्रेले २ तथा अबिषेक शर्माले १ विकेट लिए ।

आइतबार भएको पहिलो खेलमा बंगलादेशसँग डकवर्थ (डिएल) पद्दतिको आधारमा २ विकेटले पराजित नेपाललाई दोस्रो चरणमा पुग्न आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ ।
पहिलो खेलमा नेपाल अन्तिम ओभरमा चुक्दा बंगलादेशसँग पराजित भएको थियो ।

कठिन मानिएको समूह समूह ‘ए’ मा रहेको नेपालले भारतपछि अन्तिम खेलमा मलेसियासँग खेल्नेछ । 

नेपाल र मलेसियाबिचको खेल मंगलबार हुने छ । समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह बी मा श्रीलंका, अफगानिस्तान, युएई र पाकिस्तान रहेका छन् ।
तस्बिरः एसीसी
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०७४  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC