site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । पहलमान सिंह स्वाँर स्मृति प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको २०७४ सालको ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार’ वरिष्ठ साहित्यकार मनु ब्राजाकीलाई प्रदान गर्ने भएको छ । 

त्यस्तै ‘पहलमान सिंह स्वाँर प्रतिभा पुरस्कार’ साहित्यकार तीर्थ श्रेष्ठ, तारामान अम्बिकादेवी स्वाँर शिक्षा पुरस्कार प्रा डा प्रेमकुमार खत्री र ‘बलमान सिंह स्वाँर चलचित्र पुरस्कार’ वरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीलाई प्रदान गरिने भएको छ । 

Agni Group

प्रतिष्ठानका संस्थापक सदस्य रहेर महत्वपूर्ण योगदान पु¥याउने प्रतिष्ठानका सदस्य वरिष्ठ गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेललाई सम्मान गर्ने निर्णय भएको सो प्रतिष्ठानले जनाएको छ । 

ती पुरस्कार स्वाँरको जन्मजयन्तीका अवसरमा मंसिर ६ गते प्रदान गरिँदै आएकामा यस वर्ष केही समयपछि विशेष समारोहको आयोजना गरी प्रदान गर्ने निर्णय भएको पनि सो प्रतिष्ठानले जनाएको छ । 

Global Ime bank

‘पहलमान सिंह स्वाँर दीर्घसाहित्य साधक पुरस्कार’ को राशि रु २५ हजार, ताम्रपत्र र दोसल्ला, ‘पहलमान सिंह स्वाँर साहित्य प्रतिभा पुरस्कार’ को राशि रु १० हजार, ताम्रपत्र र दोसल्ला, ‘तारामान सिंह अम्बिकादेवी स्वाँर शिक्षा पुरस्कार’ को राशि रु १० हजार, ताम्रपत्र र दोसल्ला तथा ‘बलमान सिंह स्वाँर चलचित्र पुरस्कार’को राशि रु १० हजार, ताम्रपत्र र दोसल्ला रहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०७४  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC