site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेयमारको लागि सधै ढोका खुला, रोनाल्डोको पछिल्लो कार्य गलतः सर्जियो रामोस
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले पिएसजीका स्टार नेयमार रियल आए आफूहरु स्वागत गर्न तयार रहेको बताएका छन् । पछिल्लो समय नेयमार रियल आउने हल्ला चलिरहेको बेला कप्तान रामोसको यस्तो भनाइ आएको हो ।

स्पेनिस रेडियो कार्यक्रमसँगको कुराकानीमा रामोसले नेयमार क्लबमा आउन चाहे क्लबको ढोका सधै खुल्ला रहने बताएका हुन्  । एल लार्गुरो नामक रेडियो कार्यक्रममा रामोसले भनेका छन् , “मलाई सधै सबैभन्दा राम्रो खेलाडीहरू मनपर्छ र नेयमार तिनीहरूमध्येको एक हुनुहुन्छ।”

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै रामोसले यसअघि नेयमारलाई बार्सिलोनाबाट रियल मड्रिड आउन कठिन भएको उल्लेख गर्दै पीएसजी रोजेको बताए । उनले भने, “शायद नेयमारले सोचे बार्सिलोनाबाट सिधै रियल मड्रिड जानु कठिन कार्य हो, त्यसैले उनले पीएसजी माध्यम बनाए ।  मलाई आशा छ उनले फुटबल बुझेका छन् । यदि उ डिसेम्बरमा क्लब आउन चाहन्छु भने ढोका खुल्ला रहन्छ ।”

पछिल्लो समय रियल मड्रिडमा पोर्चुगिज स्टार स्ट्राइकर रोनाल्डोको प्रभाव कम हुँदै गएपछि क्लबले उनको स्थानमा नेयमार भित्र्याउने योजना बनाएको हो । रियल मड्रिडसँग रोनाल्डोको सम्झौता सन् २०२१ सम्म रहेको छ । रोनाल्डोको सम्झौता सकिएपछि रियलले नेयमारलाई रोनाल्डोको विकल्पको रुपमा हेरेको हो ।

Global Ime bank

यस्तै विश्वको सर्वाधिक महंगा खेलाडी नेयमारले पनि फ्रान्समा एक उपाधि जितेर पुन स्पेन फर्कने चाहना राख्दै आएका छन् । नेयमार बार्सिलोनबाट यो सिजन कीर्तिमानी मूल्य १८९ मिलियन पाउण्डमा पिएसजी आएका हुन् । नेयमारले पिएसजीसँग पाँच वर्षको सम्झौता गरेका थिए । उनले पिएसजीबाट यो सिजन १२ खेल खेल्दै ११ गोल गरिसकेका छन् ।

नेयमारलाई क्लबमा भित्र्याउन रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो परेजले नेयमारका बुबा नेयमार सिनियरसँग समेत भेट गरेका थिए । अध्यक्ष परेजले नेयमारका बुबासँग उनी क्लब आउन चाहे क्लबले सधै ढोका खुल्ला राख्ने बताएका थिए ।  यसअघि रियलले सन् २०१३ मा समेत नेयमार भित्र्याउन खोजेको थियो । तर, ब्राजिलियन स्टार नेयमारले बार्सिलोना रोजेका थिए ।

यस्तै रियलका कप्तान रामोसले पछिल्लो समय स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले देखाउँदै आएको हर्कत उतम नरहेको बताएका छन् । गत सिजन क्लबलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले यो सिजन भने जम्न सकेको छैन । यो सिजन रोनाल्डोले ला लिगामा मात्र एक गोल गर्न सकेका छन् । 

रेडियो कार्यक्रममा रोनाल्डोबारे सोधिएको प्रश्नमा रामोसले भने, “रोनाल्डो धेरै महत्वकाक्षी बन्दै आएका छन् जसको करण उनी गोल गर्न असफल भइरहेका छन् । सायद यो उतम हैन ।” तर,  रामोसले क्लबको लागि रोनाल्डोले धेरै दिएको र उनलाई गोल्डेन बुट, बालोन डी ओर उपाधि जित्नको लागि गोल चाहिने बताउँदै रोनाल्डोलाई दोष दिन नहुने बताए । यस्तै रामोसले क्लबको लागि रोनाल्डो, इस्को वा गोल किपर जसले गोल गरेपनि आफूलाई प्रवाह नहुने बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०७४  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC