site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
रातारात बोली फेरे मोदीले !
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष नोभेम्बर ८ मा आधी रातबाट झण्डै ९० प्रतिशत नोट काम नलाग्ने भएर जाने घोषणा गरेका थिए । उनको यो पहललाई त्रुटीवस ‘नोटबन्दी’ भनियो र त्यति बेलादेखि यो शब्द चलिरहेको छ । 

मोदीले ५०० र १,००० रुपैयाँका नाटहरु रद्द गरेर त्यसको बद्लामा ५०० र २,००० रुपैयाँका नयाँ नोट जारी गरेका थिए । प्राविधिक रुपले हेर्दा यो ‘नोटबन्दी’ नभएर ‘नोटबदली’ थियो । मोदीको यो कदमको असर एक करोडभन्दा बढी नागकिरमा पर्यो । २०१६ मा भएको यो भारतीय नोटबन्दीलाई अहिलेको इतिहासमा कुनैपनि देशलाई सबैभन्दा बढी असर पार्ने आर्थिक नीतिगत फैसलाका रुपमा लिइने छ । 

नोभेम्बर ८ को आफ्नो भाषणमा मोदीले नोटबन्दीको फैसलाका पछाडि तीन कारण रहेको बताएका थिए । पहिलो कालो धनको अन्त्य, दोस्रो जाली नोटको समस्या समाधान र तेस्रो आतंकवादको आर्थिक स्रोतलाई बन्द गर्नु । यो घोषणको भोली पल्ट बिहानै मोदी जापान भ्रमणमा निस्केका थिए । उनी फर्केर स्वदेश पुग्दा धेरै उथल–पुथल भइसकेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

पैसा झिक्न भारतीय नागरिकहरु बैङ्कको एटिएम मेसिन अगाडि लामो लामो लाइन लागेका थिए । लाखौं परिवारसाग नगद समाप्त भइसकेको थियो । बौबाहिक समारोहहरु रद्द भएका थिए । स–साना व्यापारीहरुले व्यापारिक प्रतिष्ठानहरु बन्द गरिदिएका थिए भने आर्थिक गतिविधि ठप्प भएको थियो । त्यस्तै नगदको संकट सिर्जना भएको थियो । हास्य कलाकारहरु भारतमा देखिएको तत्कालिन अवस्थालाई लिएर अनेक हास्य व्यंग बनाइरहेका थिए । 

नोटबन्दीले कसैलाई हैरानी नहुनु पर्ने थियो, किनकी भारतमा ९५ प्रतिशत ग्राहकहरु नगद मै कारोबार गर्दछन् । अर्थशास्त्री ज्यां द्रेजका अनुसार मानिसहरु कालो धनलाई नगदका रुपमा विरलै राख्ने गर्दछन् । जापानबाट फर्किएपछि मोदीले यस विषयमा भारतीय जनलाई सम्बोधन गरेका थिए । 

Global Ime bank

उनले सम्बोधनका क्रममा भारतलाई ‘क्यास लेस र डिजिटल अर्थव्यवस्था’ तर्फ डोर्याउन नोटबन्दी जरुरी रहेको बयान दिए । सम्बोधनमा मोदीले ‘क्यास लेस र डिजिटल’ शब्दलाई जति पटक उच्चारण गरे त्योभन्दा तीन गुणा उनले ‘कालो धन’ शब्दको उच्चारण गरेका थिए । तर ८ नोभेम्बरको सम्बोधनमा उनले ‘क्यास लेस र डिजिटल’ शब्दको नाम सम्म लिएनन् । 

बद्लिदो बयान 

केही हप्तामै नोटबन्दी, अघोषित धन समाप्त गर्ने प्रयासबाट एउटा जादुवाला छडीमा बद्लियो । जुन गरिबीबाट त्रसित राष्ट्रलाई सोझै ‘क्यास लेस अर्थ व्यवस्था’ मा परिवर्तन गरिदिरन्छ । यो साहस प्रशंसनीय पनि थियो भने हास्यास्पदपनि । 

नोटबन्दी घोषणा लगत्तै जीडीपीको तुलनामा नगदको अनुपात, विश्वको सवै ठूलो अर्थव्यवस्थाहरुमा सवैधन्दा बढी भएको जापान भ्रमणमा निस्कुन बिडम्बना थियो ।

विकासशील भारतलाई ‘क्यास लेन अर्थव्यवस्था’को मार्गमा लैजाने प्रयास निक अचानक प्राथमिकतामा परयो भन्ने बारे अझै स्पष्ट हुन सकेको छैन् । 

मोदीको बयान परिवर्तन बाध्यता थियो किनकी नोटबन्दीका पछाडि जुन तीन कारणहरु थिए त्यसमा कुनै परिवर्तन भएको आभाषसम्म जनताले गर्न पाएका थिएनन् । नोटबन्दीले कालो धन समाप्त भएन । अनेक शोध र अध्ययनले भारतमा केवल छ प्रतिशतमात्रै नगदीका रुपमा रहेको प्रष्ट पारिरहेको थियो । 

यसकारण छ प्रतिशत गैरकानुनी धन बरामद गर्नका लागि ९० प्रतिशत नोट रद्द गर्नु भनेको स्पष्ट रुपमा झिंगा मार्नका लागि हथौडाको प्रयोग गर्नु जस्तै थियो । जाली नोटमा लगाइएको प्रतिवन्धलाई कडाई गर्ने तर्कपनि जनताको आँखामा छारो हाल्नु सरह थियो । 

किनकी भारतको केन्द्रीय बैङ्कले अर्थव्यवस्थामा मात्र ०.०२ प्रतिशतमात्रै नोट जाली भएको अनुमान गरेको थियो । जाली नोटको समस्या सबै ठाउँ र हरेक समयको समस्या हो । जाली नोटको कारोबारसाग जुध्न नोटको डिजाइनमा परिवर्तन गरिन्छ । नोटबन्दी गरिदैन । 

नोटबन्दीको पक्षमा मोदीको तेस्रो तर्क थियो कि भारतमा अधिक मूल्यका नोटको संख्या धेरै थियो । जसका कारण चरमपन्थीलाई आर्थिक सहयोग र सुलभ भएको छ । उनको यो तर्कपनि जनतालाई धोकामा हाल्ने थियो । भारतमा उच्च मूल्यका नोटको संख्या जीडीपीकै अनुपातमा बढिरहेको थियो । 
झण्डै आधा दशकसम्म जीडीपीको तुलनामा ठूला नोटको अनुपात (९ प्रतिशत) लगभग स्थिर थियो । यसका साथै अधिक मूल्यका नोट बढ्नाले चरमपन्थी घट्नामा बढोत्तरी भएको मोदीको दावीमा कुनै प्रमाणसमेत थिएन ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०७४  ०२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC