ad

घटना क्रम

प्रभास र श्रद्धा ‘साहो’ को सुटिङमा व्यस्त !

काठमाडौं । ‘बाहुबली’ नामक फिल्मबाट एकाएक चर्चाको शिखरमा पुगेका अभिनेता प्रभास र ‘आशिकी’ बाट उदाएकी अभिनेत्री श्रद्धा कपुर अहिले अर्को फिल्म ‘साहो’ को सुटिङमा व्यस्त छन् । 

फिल्म निर्माण यूनिटले उनीहरु बाहेक अरु सबै प्राविधिक र कलाकारहरुलाई मोवाईल फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ । चलचित्रको निर्माण पक्षले अभिनेता प्रभास र अभिनेत्री श्रद्धा कपुर बाहेक सबैलाई मोवाईल फोन प्रयोगमा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

प्रभास र श्रद्धाले फिल्म सुटिङका बेला मोवाईल फोन आ–आफ्ना सहायकलाई दिने भएकाले प्रतिबन्ध लगाउन नपरेको बताइएको छ । फिल्मको सुटिङ चलिरहेका बेला फोन आउँदा प्राविधिकहरु बाहिर निस्कने र फोनमा अलमलिने भएकाले प्रतिबन्ध लगाइएको निर्माण पक्षले जनाएको छ । 
 

तपाईंको मत