site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अङ्कारा (टर्की), ८ भदौ । टर्कीद्वारा उत्तरी सिरियामा इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध गरेको हवाई तथा स्थल आक्रमणमा कम्तिमा ४६ आईएस लडाकूको मृत्यु भएको डोगान न्युज एजेन्सीले जनाएको छ ।

उत्तरी सिरियामा टर्कीले सिरियाली विद्रोही फ्री सिरियन आर्मीलाई सहयोग गर्दै चार वटा गाउँलाई आईएस लडाकूबाट मुक्त गराएको डोगान न्युज एजेन्सीले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

टर्कीले उक्त क्षेत्रमा टर्कीका युद्धक विमान, युद्धक ट्याङ्कर र छोटो दुरीमा गोला बारुद वर्षाएर आक्रमण गरेको भन्दै सिरिया सरकारले त्यसो नगर्न टर्कीलाई आग्रह गरेको छ ।

सिरियाली अधिकारीले कारबाही सिरियासँगको सहकार्यमा मात्र गर्नुपर्ने भन्दै उत्तरी सिरियामा गरिएको सैन्य कारबाहीप्रति असन्तुष्टि जनाएको छ ।

Global Ime bank

सिरियाली विदेश मन्त्रालयले बुधबार नै टर्कीद्वारा आफ्नो भूमिमाथि भएको हस्तक्षेपको निन्दा गर्दै आतङ्कवादी अभियान सिरियाली सरकारसँगको सहकार्यमा गराउन आग्रह गरेको हो । टर्कीबाट प्राप्त सूचनाअनुसार टर्कीको विशेष सैन्य बल सिरियाली सीमास्थित जराब्लस सहरमा टर्कीको हवाई दस्ता एवम् अमेरिकी नेतृत्वको गठबन्धनको रुपमा प्रवेश गरेका टर्कीको सवाह दैनिकले जनाएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७३  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC