site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वकप फुटबल २०१८ का लागि यस्ता बन्दैछन् रंगशाला
Ghorahi CementGhorahi Cement

काठमाडौं । आगामी वर्ष रसियामा विश्वकप आयोजना हुँदैछ । विश्वकप नजिकिँदै गर्दा सुरक्षाको विषय पनि तीव्रताका साथ उठिरहेको हुन्छ ।  विभिन्न कुराहरू सञ्चारमाध्यममा आईरहेको बेला विश्वकप आयोजना हुने रंगशालाको अवस्था कस्तो छ त ? 

रसियाले विश्वकपको लागि रंगशालाको तयारी कसरी गरिरहेको छ र कति दर्शक क्षमता तथा कस्तो प्रविधियुक्त मैदान बन्दैछ ? यो निकै महत्वपूर्ण कुरा हो ।

सन् २०१८ को जुन १४ देखि जुलाई १५ तारिखसम्म रसियाको विभिन्न ठाउँमा हुने विश्वकपको मैदान निर्माणमा पछिल्लो समयमा निकै तीव्र गतिमा काम भैरहेको छ ।

Agni Group

रसियाले १२ वटा रंगशालामा विश्वकप आयोजना गर्दैछ । विश्वकपका लागि भनेर रसियाले ५ वटा नयाँ रंगशाला निर्माण गरेको छ भने बाँकी रंगशाला पनि पुनर्निर्माण र बिस्तार गरेको छ ।

यस्ता छन् सन् २०१८ को विश्वकप आयोजना हुने रंगशाला

Global Ime bank

लजनिकी रंगशाला

\"\"
यो रंगशाला रसियाको सबैभन्दा ठूलो रंगशाला हो । रसियाको राजधानी मस्कोमा अवस्थित यो रंगशाला बनाउन करिब ३५० मिलियन यूरो लागत लागेको थियो । यो रंगशाला विश्वकपलाई लक्षित गर्दै अझै पुनर्निर्माण भई रहेको छ ।
यो रंगशालामा ८१ हजार दर्शक क्षमता रहेको छ ।

क्रेस्टोस्की रंगशाला

\"\"

रसियाको यो दोस्रो ठूलो रंगशाला हो । यो रंगशालामा विश्वकपको तयारीको रुपमा सम्पन्न भएको कन्फिडेरेशन कपको फाइनल र केही समूह चरणको खेल सम्पन्न भएको थियो । सेन्ट पिटर्सबर्गमा रहेको यो मैदान सुविधा सम्पन्न रंगशाला हो । 
यो क्रेस्टोस्की रंगशालाको दर्शक क्षमता ६८ हजार १ सय ३४ रहेको छ । विश्वकपको लागि यो रंगशाला पूर्णरुपमा तयार भईसकेको छ ।


ओक्रिटाई एरिना

\"\"
रसियाको राजधानी मस्कोको टुसिनो शहरमा अवस्थित ओक्रिटाई एरिना रंगशाला निकै आकर्षक डिजाइनमा बनेको छ । करिब ४३० मिलियन अमेरिकन डलर यो रंगशाला निर्माणमा लागेको छ । 
२०१४ देखि खुला भएको यो रंगशालाको दर्शक क्षमता ४५ हजार ३ सय ६० रहेको छ । यो विश्वकप फुटबलको लागि पूर्णरुपमा तयारीमा रहेको रंगशाला हो ।

कैलिनिन्ग्राद रंगशाला

\"\"
रसियाको कैलिनिन्ग्रादमा रहेको यो रंगशाला विश्वकपको लागि भनेर नै निर्माण गरिएको हो । विश्वकपमा यो रंगशालाको दर्शक क्षमता ३५ हजार २ सय १२ भए पनि विश्वकपपछि भने २५ हजारको हुनेछ ।
अहिले यो रंगशाला निर्माणको कार्य तिब्र गतिमा भई रहेको छ ।

कजान एरिना

\"\"

यो रंगशाला रसियाको कजानमा अवस्थित छ । यो रंगशाला २०१३ सालमा खुला भएको हो । करिब ४५ हजार ३ सय ७९ दर्शक क्षमता रहेको छ ।
विश्वकपको लागि यो रंगशाला पूर्णरुपमा तयारी अवस्थामा रहेको छ । 

निजेनी नोव्रोड रंगशाला

\"\"

निजेनी नोव्रोड रंगशाला निर्माणाधीन अवस्थामा छ । विश्वकपलाई लक्ष्य गर्दै निर्माण कार्य थालिएको यो रंगशालाको काम तिब्र गतिमा भई रहेको छ । ४४ हजार ८ सय ९९ दर्शक क्षमता रहने यो रंगशाला उच्च प्रविधियुक्त हुनेछ ।

कोसमोस एरिना 

\"\"

कोसमोस एरिना रंगशाला रसियाको समरा भन्ने ठाउँमा छ । करिब ३२० मिलियन डलर लागतमा निर्माणाधिन अवस्थामा रहेको यो रंगशाला निकै आकर्षक बन्नेछ । करिब ४४ हजार ९ सय १८ दर्शक क्षमता यो रंगशालाको हुनेछ । विश्वकपलाई लक्षित निर्माण गर्दै गरेको यो नयाँ रंगशाला हो ।

बोल्गोग्राड एरिना

\"\"
बोल्गोग्राडमा निर्माण भई रहेको बोल्गोग्राड एरिना रंगशालाको निर्माणको कार्य तिब्रगतिमा भई रहेको छ । यो रंगशालाको दर्शक क्षमता करिब ४५ हजार ५ सय ६८ रहेको छ ।

मोर्डोभिया एरिना

\"\"
मोर्डोभिया एरिना रंगशाला रसियाको सरान्स्क भन्ने स्थानमा रहेको छ । करिब ३०० मिलियनमा निर्माण भएको यो रंगशाला नयाँ हो । यहिवर्ष निर्माण सम्पन्न भएको यो रंगशाला निकै आकर्षक तरिकाले बनाएको छ ।
मोर्डोभिया एरिना रंगशालाको दर्शक क्षमता ४४ हजार ४ सय ४२ रहेको छ ।

रोस्टोभ एरिना

\"\"
रोस्टोभ एरिना यो रंगशाला पनि नयाँ हो । करिब ४५ हजार दर्शक क्षमता रहेको यो रंगशालाको निर्माण काय सकिएको छ ।

फिस्ट ओलम्पिक रंगशाला

\"\"
रसियाको सोचीमा अवस्थित यो फिस्ट ओलम्पिक रंगशाला लागतको हिसाबले पनि निकै महंगो रंगशाला हो । सन् २०१३ सालमा निर्माण सम्पन्न भएको यो रंगशाला ४७ हजार ६ सय ५९ जना दर्शक क्षमता छ । तर, आगामी वर्षको विश्वकपपछि भने यो रंगशालाको क्षमता ४० हजार हुनेछ । 
यो रंगशाला निर्माणका लागि करिब ७७९ मिलियन डलर लागेको छ ।

सेन्ट्रल रंगशाला

\"\"
रसियाको एकाटरिनबर्गमा अवस्थित रहेको यो सेन्ट्रल रंगशाला निकै पुरानो रंगशाला हो । सन् १९५७ मा बनेको यो रंगशाला पटक पटक पुनर्निर्माण हँुदै आएको छ । विश्वकपको लागि लक्षित गर्दै सन् २०१४ देखि निर्माण कार्य थालिएको छ ।
विश्वकपको लागि भनेर दर्शक क्षमता पनि बढाईको छ । करिब ३५ हजार ६ सय ९६ जना दर्शक क्षमताको विश्वकपमा ह्नेछ । विश्वकपपछि भने यो रंगशालाको दर्शक क्षमता २३ हजारको हुनेछ । 


फिफासहित विभिन्न एजेन्सीको सहयोगमा 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०७४  ०८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC