site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
कांग्रेसको आक्रोशः  एमाले नक्कली  राष्ट्रवादी ! माओवादी अवसरवादी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा कम्युनिष्ट गठबन्धनप्रति आक्रोश व्यक्त गरेको छ ।

मंगलबार सार्वजनिक गर्न लागिएको घोषणापत्रमा एमाले र माओवादी केन्द्रबीच बनेको गठबन्धनप्रति आक्रोश व्यक्त गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“मधेशको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेशी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा
पर्दै गएको छ,” कांग्रेसले आफ्नो घोषणापत्रमा भनेको छ, “मधेश र पहाडका बीच मतभेद चर्काउने, मधेशी समुदाय र पहाडी समुदायको राष्ट्रियताको भावनालाई बेग्लाबेग्लै तराजुमा जोख्ने र प्रचार गर्ने एमालेको अतिवादी विचारले देशको एकता र सामाजिक सद्भाव, संविधानको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई ठूलो क्षति पु¥याएको छ । संविधान संशोधनको शान्तिपूर्ण र मध्यमार्गी बाटो अवरुद्ध गर्ने, तथा कम्युनिष्ट वर्चस्वको एकदलीय एवं निरंकुश शासनका लागि एमालेको नेतृत्वमा कम्युनिष्ट गठवन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा पर्दै गएको छ ।”

त्यसैगरी कम्युनिष्ट गठबन्धनले संविधान संशोधन गरेर नेपालमा नयाँ द्वन्द्व सिर्जना गर्न खोजेको आरोप छ ।

Global Ime bank

“अहिले कम्युनिष्ट गठबन्धनको नाममा नेकपा (एमाले) र माओवादी (केन्द्र) कम्युनिष्ट वर्चस्वको सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, त्यसबाट प्राप्त हुने कथित
राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नारा उचालेर देश र जनतालाई भ्रममा पार्न खोज्दैछन् । वस्तुत ः संसदमा कम्युनिष्टहरुको वर्चस्वले स्थिरताको ग्यारेण्टी गर्दैन । यसैगरी एउटै व्यक्तिमा केन्द्रित कार्यकारी अधिकार भएको राष्ट्रपतीय प्रणालीले पनि स्थिरताको ग्यारेन्टी गर्न सक्दैन । यस्तो अवस्था देशलाई केवल निरंकुश कम्युनिष्ट शासनतर्फ लैजाने  तथा मुलुकमा लामो समयसम्म द्वन्द्व सिर्जना गर्ने एउटा खतरनाक प्रयोग मात्र हुन सक्छ ।”

नेकपा माओवादी केन्द्रलाई अवसरवादी प्रवृत्ति भनेको छ ।

“देशको राजनीति मुठभेडको गम्भीर मोडमा पुगेका बेला नेकपा माओवादी (केन्द्र) ले पनि दृढ संकल्प र स्पष्ट लोकतान्त्रिक बाटो पहिल्याउन सकेन । माओवादी द्वन्द्वकालीन प्रवृत्ति र घटनाका प्रभावबाट मुक्त भएर दीर्घकालीन लोकतान्त्रिक सहकार्यमा आबद्ध हुनुको साटो नेकपा माओवादी (केन्द्र) भित्र अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने प्रवृत्ति प्रकट हुने गरेको छ । नेकपा माओवादी (केन्द्र) को यो ढुलमुले प्रवृत्तिले राष्ट्रिय राजनीतिमा अस्थिरता बढाएको छ । सहमति र संवादको राजनीतिबाट परिणाम निकाल्ने प्रक्रियालाई समेत कमजोर बनाएको छ । पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी विगत एक दशकदेखि अस्थिर राजनीतिक समीकरण, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बन्दै आएको छ ।  पहिलो संविधानसभामा ठूलो पार्टीको भूमिका र सरकार नेतृत्वको अवसर पाएर पनि नेकपा माओवादी (केन्द्र) को परिचय संविधान निर्माण गर्न नसक्ने, दोस्रो संविधानसभामा संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी र अवसर पाएर पनि संविधानसभामा ध्वंस मच्चाएर संविधान सडकबाट लेख्न उद्दत हुने, कहिले एमालेसँग सरकार बनाउने र कहिले कांग्रेससँग सरकारमै बसी प्रतिपक्षसँग गठबन्धन गर्ने गम्भीर वैचारिक विचलन  र भरोसा गर्न नसकिने पार्टीको रुपमा बन्दै आएको छ । एउटा विचार र दर्शनमा आबद्ध भएर एघार वर्ष सशस्त्र द्वन्द्वमा होमिएको सिङ्गो माओवादी पार्टी विगत एक दशकमा टुक्रा–टुक्रा भएको छ । आफू निरन्तर विभाजित भइरहेको यही माओवादी (केन्द्र) र  नेकपा (एमाले) अब एउटै कम्युनिष्ट पार्टी बनाउने नारामा अहिलेएक अर्कालाई धृतराष्ट्रको अंगालोमा बाँध्नेगरी क्रियाशील भएका छन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०७४  ०५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC