काठमाडौं । भारतको एक निजी टिभी च्यानल भन्छः सत्यका लागि सा.... जे पनि गर्छ र ‘सत्य’ का लागि साच्चै ‘जे पनि’ गरि रहन्छ । अर्कोले आफ्नो नाम नै ‘नेशन’ राखिसकेको छ । र कुनै जिद्दी बालक जस्तै हरेक समय ठूलो ठूलो स्वरमा चिच्याउछ, ‘‘नेशन वान्टस् टू ! १ नेशन वान्टस् टू नो !’’
कुरै कुरामा भन्छ लाग्छ हामीसँग कठोर प्रश्न छ ! एक से एक कठिन सवाल ! छ कुनै आमाको छोरो कठोर सवालको जवाफ दिन सक्ने ? कहाँ छन् राहुल गान्धी ? कहाँ छन् सेनिया गान्धी ? कहाँ छन् शशी ? उनी हरु आएर किन दिदैनन् कठोर सवालको जवाफ ?
तेस्रोले आफैले आफुलाई गणतन्त्र नै घोषणा गरेको छ ! यो गणतन्त्रमा रहेका एक मात्रै व्यक्तिले हरेक समय कांग्रेसको कपडा च्यातेर उसलाई नङ्ग्याउनु नै आफ्नो पूण्या कर्तव्य ठानेको छ । चौथो भनिरहन्छ ः सत्य केवल हामी कहाँ पाउँछ र तौलमा मिल्छ– ५, १०, ५० ग्रामदेखि लिएर एक टन, दुई टनसम्म पाउँछ । हरेक आकारका सत्यका पोका हामीसँग छन् ।
पाँचौं च्यानलको एक एङ्कर देश बचाउने भन्दै स्टुडियोमा नक्कली बुलेट प्रुफ ज्याकेट लगाएर आक्रमण गरि रहन्छ, थाह छैन कति बेला दुष्ट पाकिस्तानले चलाएको गोली सोझै स्टुडियोमा आएर लाग्छ ! उ विश्वस्त छ कि बुलेट प्रुफ ज्याकेटले उसलाई अवश्यपनि रक्षा गर्ने छ ! हाम्रो यहाँ यस्ता च्यानलहरु बहादुरीमा एक भन्दा अर्को कम छैनन् । यस्ता वीरगाथा कालमा दिपावलीको अवसर आयो ! एक सृे एक वीर बहादुर पत्रकार लाइन लगाएर कुर्सीमा बसे ।
मैले सोच रहे, ‘‘भाषण सकिएपछि हाम्रो मिडिया र उसका प्रतिनिधि पत्रकार केही प्रश्न अवश्य गर्लान र कठोर सवाल गर्ने च्यानलको रिपोर्टर त अवश्यपनि गर्नेछ ।’’ उसले भन्ने छ, ‘‘सर हिजो मात्रै एक जना पत्रकार ‘सेक्सी सिडी’ राखेको ‘अपराध’ मा पक्राउ परेका छन् । उनी आफुलाई फसाइएको दावी गरिरहेका छन् । यो बारेमा तपाईको भनाई के छ ? के यही हो अभिव्यक्ति स्वतन्त्रता ?’’ तर कठोर सवाल गर्ने पत्रकारमात्रै नभए कुनै पनि पत्रकारले प्रश्न गरेनन् । सहकर्मीको गिरफतारीलाई लिएर सबै चुप बसे ! सबै जना ‘हिज मास्टर्स वायस’ भए !
संकटलकालिन पत्रकारिताका बारेमा आडवाणी जीले कुनै समय भनेका थिए, ‘‘उनलाई झुक्न भनियो तर उनी घुर्न लागे ।’’ तर अहिले न त संकटकाल छ न अरु कुनै तर यति बेला सबै बहादुर पत्रकार साष्टाङ्ग दण्डोवत गरिरहेका देखिन्छन् । यो पत्रकारिताको भक्तिकाल हो, लाग्छ पत्रकारहरुसँग कलमको ठाउँमा घण्टी आएको छ । जसलाई उनीहरु हरेक समय बजाई रहेका हुन्छन र आफ्ना इष्टदेवको आरती गरिरहेका हुन्छन् !
कोही राम मन्दिर निर्माण गरिरहेका छन् । कोही देशलाई अज्ञात शत्रुहरुबाट बचाइरहेका छन् । कोही पाकिस्तानको मनोवल गिराउने सल्लाह दिइरहेका छन् । कोही राहुल गन्धीको मजाक उडाइरहेका छन् । कोही तालमहलमाथि प्रश्न उठाइरहेका छन्, यो ताज महल हो कि तेजो महालय ? हाम्रा मिडियालाई न महङ्गी बढेको देखिन्छ, न बेरोजगारी देखिन्छ, न खस्किदो अर्थ व्यवस्था ! देखियोस पनि किन यो त सबै माया हो र ‘माया महा ठगिनी हम जानी’ !
साँच्चै भनिएको रहेछ, अशल भक्तलाई आफ्नो प्रभु बाहेक अरु केहीपनि देखिन्न । भक्त त्यही हो जो आफ्नो भगवान बाहेक अरुलाई मनमा आउन दिदैन र आफ्ना प्रभुको नित्य लीलामा मनलाई रमाई रहेका हुन्छ ! गजबको परिवर्तन छ ः हिन्दी साहित्य त भक्तिकालबाट आधुनिक कालमा आयो तर हाम्रा सञ्चार माध्यम आधुनिक कालबाट कोल्टे फेर भक्तिकालमा फर्किएका छन !
यो हो नव्य भारतको नव्य पत्रकारिता, बिहानै ‘नवधा भक्ति’ साधनामा लागि हाल्छन् । नवधा भक्ति बडो अद्ुभुत भक्ति हो ! भक्तलाई केवल यत्ति गर्नु पर्छ, आफुलाई आठै प्रहर ‘दीन’ सम्झिनु, आफ्नो अहंकारलाई विलय गर्नु, आफ्ना प्रिय प्रभुको दर्शनमात्रले आफुलाई भयभीत हुँदै गरेको देख्नु र अन्तमा इष्टदेवका साथ सेल्फी लिएर फेशबुक पेजमा राखेर गर्विलो महशुस गर्नु ।
मसँग पत्रकारिता छ, मेरो आदर्श ‘पराडकर’ र ‘गणेशशंकर विद्यार्थी’ छन्, तिमीसँग के छ ? भनेर कसैले प्रश्न गरे उ गर्वका साथ भन्छ, ‘‘मसँग प्रभुको सेल्फी छ ।’’ जोसँग उसका प्रभुसँगको सेल्फी छ त्यही हो अशली पत्रकार, बाँकी सबै बेकार हुन् !
बीबीसी हिन्दीबाट