site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नयाँ शक्ति गोरखाका दुई दर्जन नेता माओवादी केन्द्रमा प्रवेश 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्य जितबहादुर घलेसहित गोरखाका दुई दर्जन नेता   माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रमा प्रवेश गर्ने नयाँ शक्तिका नेताहरुमा केन्द्रीय परिषद् सदस्य जीत बहादुर घले, तमु परिषद्का केन्द्रीय सह–ईन्चार्ज आनन्द बहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा। जीत बहादुर घले, बल बहादुर घले, बाम बुद्धिजीवी खड्क बहादुर गुरुङ रहेका छन् ।

Agni Group

उनीहरू सबैलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पलाल दाहालले टीका र खादा लगाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले गोरखा वामपन्थीहरुको किल्ला भएको बताए । उनले भने, "गोरखा जिल्ला वामपन्थीहरुको किल्ला हो । गोरखा जिल्लाको राजनीतिक सङ्घर्ष जहिले पनि कम्युनिष्ट र कांग्रेसका बीचमा नै रह्यो । जनयुद्धदेखि सम्पूर्ण राजनीतिक र सामाजिक आन्दोलनमा गोरखा जहिले पनि अग्रगमन र प्रगतिको पक्षमा उभिएको छ ।"

Global Ime bank

उनले नयाँ शक्तिका नेताहरूको पार्टी प्रवेशले आगामी निर्वाचनमा गोरखामा प्रतिगामी शक्ति र प्रवृत्ति परास्त हुने र अग्रगामी सोच र विचारले जित्ने विश्वास व्यक्त समेत गरे । 

माओवादी केन्द्र प्रवेश गर्ने नयाँ शक्तिका नेताहरुले साना पार्टीबाट  नेपालको आर्थिक समृद्धि सम्भव नभएकाले आफूहरू समाजवादको निष्कर्षसहित माओवादी केन्द्रमा आएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०७४  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC