ad

घटना क्रम

अर्पिता खानको नजरमा सलमान–कैटरीनाको जोडी ‘बेष्ट’

काठमाडौं । सलमान खान र कैटरीना कैफ यति बेला आगामी फिल्म ‘टाइगर जिन्दा है’ को एउटा गीतको सुटिङका लागि ग्रीसमा छन् । हालै फिल्म ‘टाइगर जिन्दा हैं’ को ‘फष्ट लुक’ सार्वजनिक गरिएको थियो । साथै कैटरीनाले आफ्नो र सलमान खानको एउटा तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । 

तस्बिरलाई लिएर अनेकौं टिप्पणी गरिएका छन् । तर सलमान खानकी बहिनी अर्पिता खानले एक पटक सवैको ध्यान आकर्षित गरेकी छन् । उनले उक्त तस्बिर शेयर गर्दै उनीहरुको जोडी अत्यन्तै मन पर्ने बताएकी छन् । 

सलमानसँगको ब्रेक अप पछि पनि कैटरीना उनको परिवारका सदस्यहरुसँग घनिष्ट छन् । उनी सलमान खानका हरेक कार्यक्रमहरु सहभागि हुँदै आएकी छन् । उनी सलमान खानको पारिवारिक सदस्य सरह नै छन् । 

अर्पिताले हालै कैटरीना र सलमान खानको एक तस्बिरलाई इन्साग्राममा शेयर गर्दै लेखेकी छन्, ‘‘दुवै जना एक साथ हुँदा धेरै राम्रा लाग्छन् ।’’ यति मात्रै नभएर  उनले योसँगै ‘लव साईन’ पनि बनाएकी छन् । 
 

तपाईंको मत