site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मेयर शाक्यले सुरु गरे ग्रुप एसएमएस सेवा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले ग्रुप एसएमएस सेवा सुरु सञ्चालनमा ल्याएका छन् ।

आन्तरिक सूचना द्रूत सञ्चार र समन्वयका लागि मेयर शाक्यले यस्तो प्रविधि सञ्चालनमा ल्याएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।  नेपाल टेलिकमको ५ डिजिटको गेट वे नम्बर लिएर कात्तिक १ गतेबाट यो सेवा सञ्चालन गरिएको सूचना प्रविधि विभाग प्रमुख नरेन्द्रविलास बज्राचार्यले बताए ।  “स्तरीय रुपमा प्रशासन सञ्चालन गर्दै पारदर्शिता कायम राख्नमा यस सेवाले महत्वपूर्ण भूमिका खेल्ने छ,” बज्राचार्यले भने, “प्रविधिका माध्यमबाट महानगर प्रशासनलाई चुस्त, दुरुस्त र प्रविधिमैत्री बनाउन हामी दिनरात नभनी लागिरहेका छौं ।”
महानगरको आन्तरिक सुचना प्रवाहका लागि  हाल ४ वटा ग्रुप बनाइएको छ । 
जसमा मेयर र उपमेयरलाई एउटै ग्रुपमा समेटिएको साथै कार्यकारी अधिकृत र विभागीय प्रमुखको दोश्रो, वडाध्यक्षहरुको तेश्रोे र कार्यपालिका सदस्यहरुलाई एक–एकवटा ग्रुपमा विभाजन गरिएको महानगरपालिका स्रोतले जानकारी दियो ।  
“अन्तरसम्बन्धित ग्रुप बनाएर सेवा विस्तार गर्दै लगिनेछ,” बज्राचार्यले भने, “यसबाट आन्तरिक समन्वय झण्झटरहित हुनेछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०७४  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC