site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘मलाई त्यो ‘ऐश्वर्य’ चाहिएको छ’ 
Sarbottam CementSarbottam Cement

१५ वर्ष अगाडि दर्जनौं हिरोको अफरलाई लत्याएका प्रशान्त ताम्राकार अहिले भिलेनको बाटो हुँदै नेपाली रजतपटमा छिरेका छन् । चलचित्र ‘ऐश्वर्य’ मा भिलेनका रुपमा देखिएका उनले यति बेला उक्त चलचित्रका नायक रमेश उप्रेतीलाई समेत चर्चाका हिसावले पछि पारिदिएका छन् । ट्रेलरमा देखिएका उनलाई त्यही छोटो लुक्स र अभिनयकै कारण बलिउडबाट समेत अफर आएको उनी घुमाउरो शब्दमा स्वीकार्छन् । उनै प्रशान्त ताम्राकारसँग गरिएको कुराकानीः 

कत्तिको ब्यस्त हुनुहुन्छ ?

चलचित्र रिलिज हुनै लागेकाले व्यस्त छु । ममात्रै होइन, ‘ऐश्वर्य’को पुरै टिम नै व्यस्त छ । जतिसक्दो धेरै दर्शकलाई ‘ऐश्वर्य’ यही कात्तिक ९ गतेदेखि अल नेपाल रिलिज हुँदैछ भन्ने जानकारी दिनु छ । यसकै लागि हामी दौडधुपमा छौं । 

टिजर, ट्रेलर र गीतको रेस्पोन्स कस्तो आइरहेको छ ? 

Prabhu Bank
Agni Group
NIC Asia

टिजरबाट सोचेको भन्दा फरक रेस्पोन्स पायौँ । गीत र ट्रेलरसम्म आइपुग्दा ‘अमेजिङ’ रेस्पोन्स पाइरहेका छौँ । सबै जना पर्खाइको अवस्थामा नै रहेको पाएका छौँ । सकारात्मक प्रतिक्रिया आइरहेको छ । सञ्चारमाध्यमले सहयोग गरेकाले धेरैभन्दा धेरै दर्शकसम्म पुग्ने अवसर पाएका छौँ । 

भिलेनको नै चरित्र निभाउनुको कारण ? 

Global Ime bank

म कलाकारको रुपमा चलचित्र खेल्न चहान्छु । म पपुलर हुनका लागि, हिरो हुनका लागि र पैसा कमाउनका लागि चलचित्र उद्योगमा प्रवेश गरेको होइन । म २५ वर्ष देखि फेसन विजनेसमा छु, त्यसैले पैसा कमाउन म यो क्षेत्रमा आएको होइन । मेरा लागि यो चलचित्र च्यालेन्ज पनि हो । यसअघि मैले अभिनय गरेका ‘मुखौटा र ‘सम्बोधन’ रिलिज भए पनि ती चलचित्र कमर्सियल फिल्म थिएनन् । यो मेरो कमर्सियल डेब्यू मुभी पनि हो । ट्रेलर रिलिज भएपछि मलाई सञ्चारमाध्यमले जसरी खोजिरहेका छन्, बेग्लै किसिमको अनुभूती भैरहेको छ । यो मेरा लागि सकारात्मक पक्ष पनि हो । 

चलचित्रमा मुख्य पात्र हिरो/हिरोइन नै हो । तर जसरी मलाई दिइएको जिम्मेवारी निभाउँदा रेस्पोन्स पाएँ त्याे मैले अपेक्षा गरेभन्दा धेरै फरक हो । नयाँ फेसले कस्तो काम गरिरहेको छ भन्ने प्रतिक्षा पनि भैरहेको छ । मेरो काम दर्शक माझ नजिकिनु पनि हो । अहिले दर्शकले यो को हो भनेर खोजिरहनु भएको छ । चलचित्र हेरिसकेपछि कस्तो प्रतिक्रिया आउँछ त्यसको पर्खाइमा छु । 

सुरुमा चलचित्रमा नायक हुने रहर थियो कि भिलने नै तपाइँको सपना हो ?

१५ वर्ष  अगाडि मलाई हिरोका लागि अफर आएको थियो । त्यती बेला मैल चलचित्र क्षेत्रलाई भन्दा पनि फेसनमा नै आफूलाई केन्द्रित गरेँ । जब खेलौं भन्ने लाग्यो उमेर गैसकेको थियो । नयाँ पुस्ता आइसकेको थियो । टिनएजरहरुको समय थियो । हाम्रो अनुहारलाई कसले स्वीकार्ला भन्ने लाग्यो । 

कलाकारिताका लागि उमेर हुँदैन । लुक्सवाइज हिरो नभए पनि पपुलर हुने कयौं कलाकार छन् । त्यही सोचमा थिएँ, भोली मलाई हेरेर कसैले खोज्ला कि भन्ने पर्खाइमा थिएँ । 
‘ऐश्वर्य’ को कुरा भएपछि मलाई रमेश उप्रेती र निर्देशक दिवाकर भट्टराईले खोज्नु भयो । उहाँहरुले अफर गरेपछि यसमा आबद्ध भएँ ।

तपाईँसम्म उहाँहरु कसरी आइपुग्नुभयो ?

उहाँहरुको स्क्रिप्टले मलाई माग्यो । उहाँहरुले सुरुमै  मलाई भन्नुभयो,–यो क्यारेक्टर तपाइँले गर्नुपर्छ । तपाइँको विकल्प नै छैन । तपाइँले नगर्ने हो भने यो चलचित्र नै बन्दैन । उहाँहरुले मलाई विश्वास गरेर यसो भनेपछि मसँग हुन्छ भन्नुको विकल्प नै भएन । त्यसैले  ‘ओके’ गरेँ । सुरुमा म यो जिम्मेवारी निभाउन सक्छु भन्नेमा आत्मविश्वास नै थिएन ।  के यो चरित्र मैले निभाउन सक्छु भनेर सोधेको थिएँ । उहाँहरुले मेरो प्रश्न खस्न नपाउँदै "सक्नुहुन्छ" भन्नुभयो । उहाँहरुले सक्नुहुन्छ भनेपछि आत्मविश्वास आयो र गरेँ । हरेक कलाकारले सोच्ने पात्र हो राघव (ऐश्वर्यको भिलेन) । यो अवसर पाएकोमा म खुसी छु । 

भिलेनभन्दा पनि हिरो नै ठिक हुन्छ भन्ने लागेको थिएन ? 

लागेन । मलाई पपुलर हुनु थिएन । हिरो हुनु भनेको पपुलर हुनलाई हो, हिरोइजम देखाउन हो । म खेल क्षेत्रमा थिएँ । त्यहाँ मलाई खेलसँग मतलब थियो । मैले बास्केटबल खेलेँ, ह्यान्डबल खेलेँ, स्क्वास खेलेँ, सफ्ट टेनिस खेलेँ । नेसनल गेम खेलेको छु । त्यहाँ मलाई पपुलर हुनुपर्छ भन्दा पनि राम्रो खेल खेल्नुपर्छ भन्ने लाग्यो । मोडल, कोरियोग्राफी, म्यानेजमेन्ट पनि मैले व्यवसायिक रुपमा गरेँ । अहिले म चलचित्र क्षेत्रमा आइपुगेको छु । यो रमाइलो गर्ने क्षेत्र हैन । यहाँ पनि व्यवसायिक रुपमा काम गर्नुपर्छ भनेर त्यही अनुसारको मेहनत गरेको छु । 

तर कतिपय त चलचित्र उद्योगमा रमाइलोका लागि मात्रै पनि छिरिरहेका छन् नि हैन ? 

त्यो पनि हो । तर, सबै मान्छे एकै प्रकारका हुँदैनन् । मेरो सोचमा जहाँ काम गर्छु त्यहाँ राम्रो काम गरौं भन्ने हो । मैले काम सुरु गरेको यो चलचित्र उद्योगमा आफ्नो पूरै जीवन दिने मान्छेहरु छन् । उहाँहरुको सम्मानका लागि पनि मैले राम्रो काम गर्नुपर्छ । सके मैले यो उद्योगको विकासका लागि एउटा भएपनि इटा थप्नुपर्छ नसके यसलाई बदनाम गराउने वा भत्काउने अधिकार पनि मलाई छैन । 

भिलेन भन्ने वित्तिकै डर लग्दो अनुहार दिमागमा आउँछ नि ! तर तपाइँको हकमा त यो लागु हुँदैन नि !

कुनै समय तपाइँले भनेजस्तै थियो अवस्था । भिलेन भन्न वित्तिकै हिरोइन डराएर चिच्याउनु पर्यो । हिरोले उसलाई बचाउन भिलेनलाई कुट्नु पर्यो । त्यसपछि वाहीवाही हुन्छ दर्शकले ताली बजाउँछ, त्यो खालको समय थियो । तर समयसँगै परिवर्तन हुन थाल्यो । भिलेन भनेको डरलाग्दो अनुहारकै हुनुपर्छ भन्ने छैन । दर्शकको सोच फरक भैसक्यो । हामी आफैं भिलेन हौँ र आफैँ हिरो पनि हौँ । व्यक्ति विशेष नराम्रो हुँदैन । मैले जुन चरित्र निभाएको छु राघवको ऊ आफैँमा खराव हैन । भिलेन भनेर संज्ञा दिइयो म अहिले चुप लागेर बसिरहेको छु । तर चलचित्र हेरिसकेपछि मलाई हेर्ने दृष्टिकोण फरक हुनसक्छ ।  

‘ऐश्वर्य’ को हिरो भन्दा पनि भिलेन बढी ‘पपुलर’ भैरहेको छ । कस्तो लागिरहेको  छ ? 

यो ‘टिमवर्क’ हो । मैले एक्लै गरेको काम हैन । मैले न्याय गर्नसक्छु भनेर मलाई निर्माण पक्षले विश्वास गरेर ‘राघव’को पात्र दियो, त्यो नै ठूलो कुरा हो । मैले उहाँहरुको विश्वास अनुसार सतप्रतिशत काम गर्ने प्रयत्न गरेको छु । पक्कै पनि आफ्नो कामको प्रशंसा हुँदा खुसी लाग्छ नै । समग्रमा भन्दा ‘टिमवर्क’ हिट भएको हो । ‘ऐश्वर्य’ हिट भएको हो । जुन कुरा हामीले खाजेका थियौँ, त्यो पूरा भए जस्तो लाग्छ । भिलेन दाजुको नाम के हो ?, भिलेन दाजुको नाम जान्न पाए हुनेथियो भन्ने कमेन्ट आउँदा खुसी लाग्छ । ‘राघव’ पात्रलाई दिमागमा राख्नु भएको छ, म खुसी छु । अब चलचित्र हेरीसकेपछि कस्तो प्रतिक्रिया आउँछ, त्यसको पर्खाइमा छु । 

गीत र ट्रेलर हिट भएका चलचित्र फ्लप भएका उदाहरण धेरै छन् नि ! 

हो त्यस्तो पनि नदेखिएको हैन । तर म आत्मविश्वासका साथ भन्न सक्छु चलचित्र राम्रो बनेको छ । हिजो हामीले चलचित्रसँगै बसेर हेर्यौ । चलचित्रको कथा, अभिनय, कोरियोग्राफी, ब्याग्राउन्ड स्कोर निकै राम्रो छ । हामी एकले अर्कोको अभिनय हेरेर तारिफ गरेका छौँ । ‘अमेजिङ’ वर्क स्क्रिनमा देखिन्छ । नेपाली चलचित्र हेर्ने दशर्कलाई चलचित्र मनपर्छ । 

आगामी चलचित्रमा यहाँलाई भिलेनका रुपमा बढी देख्न पाइन्छ कि हिरोका रुपमा ?

भिलेन हिरो भन्दा पनि कलाकार हुनुपर्छ भन्ने मेरो मान्यता छ । इमान्दारिताका साथ भन्दा म कलाकारका रुपमा चिनिन चाहान्छु । 

कलाकारको पनि चरित्र त हुन्छ नि ! 

हिरो भिलेन भन्दा पनि कलकार चाँडै मर्दैन भन्ने हो । हिरो बन्यो भने उसको आयू कम हुन्छ तर उसको जिम्मेवारी बढी हुन्छ । १० वटा चलचित्र हिट भए पनि एउटा चलचित्र फ्लप भयो भने त्यो हिरो हिरो रहँदैन । हिरो क्यारेक्टरमा आएर पनि काम गर्न सक्तैन । 

भनेपछि भिलेन नै यहाँको रोजाइ हो ?

म भिलेनको रुपमा पनि आउन सक्छु । पोजेटिभ क्यारेक्टरमा पनि आउन सक्छु । तर चरित्र राम्रो हुनुपर्यो । छोटो रोलमा पनि म खेल्छु, लामो रोल नै चाहिन्छ भन्ने होइन तर त्यो छोटो रोलले पनि अर्थ बोक्नुपर्छ । यति भन्छु म सोचेर नै यो क्षेत्रमा आएको छु ।

अहिले कत्तिको अफर आइरहेको छ ?

अफर त १४/१५ वटा बाट पनि आए । तर मलाई हेरेर ४/५ वटा स्क्रिप्ट तयार भैरहेको छ । भर्खर प्रवेश गरेको कलाकारलाई लिएर स्क्रिप्टिङ भैरहेको छ भने त्यो नै ठूलो कुरा हो ।

नेपाली कलाकारहरु बलिउडमा पनि जान थालेका छन् । तपाइँको सम्भावना के छ ?

म मनिषा कोइराला, सुनिल थापाको ठूलो फ्यान हुँ, जसले बलिउडमा गएर निकै राम्रो काम गर्नु भएको छ । केही वर्ष होम ग्राउन्डमा बसेर राम्रो काम देखाएर म पनि जान सक्छु । अहिले यति नै भन्छु । हुनसक्छ बलिउड या हलिउडबाट मलाई पनि अफर आएको होस् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०७४  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC