एजेन्सी । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सोमबार राति सार्वजनिक गरेको फिफा बर्ष टिममा रियल मड्रिडका खेलाडीले बर्चस्व कायम गरेका छन् । फिफाले बर्ष खेलाडी अवार्ड समारोहमा उत्कृष्ट ११ रहेको ’फिफा प्रो टिम’ को घोषणा गरेको हो ।
फिफाले छानेको बर्ष खेलाडीको सूचीमा रियल मड्रिडका पाँच खेलाडी परेका छन् । रियल मड्रिडबाट फिफा बर्ष खेलाडी चुनिएका क्रिस्टियानो रोनाल्डोसहित मिडफिल्डर लुका मोड्रिक, टोनी क्रुज र दुई डिफेन्डर सर्जियो रामोस र मार्सेलो अटाएका छन् ।
यस्तै अर्को स्पेनिस क्लब बार्सिलोनाबाट लियोनल मेस्सी र आन्द्रे ईनिएस्टा परेका छन् । यस्तै इटालियन क्लब एसी मिलानका लियोनार्दो बोनुची, युभेन्टसका किपर जियानलुइजि बुफोन र फ्रान्सेली क्लब पिएसजीका डानी आल्भेस र नेयमार टिममा अटाएका छन् ।
फिफा ११
किपर - जियानलुइजि बुफोन
डिफेन्डर - डानी आल्भेस, लियोनार्दो बोनुची, सर्जियो रामोस, मार्सेलो
मिडफिल्डर - लुका मोड्रिक, टोनी क्रुज, आन्द्रे ईनिएस्टा
फरवार्ड - क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी, नेयमार