site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

एकरोन (ओहायो) । रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रम्पले गैरकानुनीरुपमा अमेरिकी भूमिका बसोबास गर्दै आएका अनुमानित एक करोड १० लाख आप्रवासीका विषयमा ‘न्यायपूर्ण तर कडा धारणा’ ल्याउने बताएका छन् ।

ट्रम्पले यसअघि दिँदै आएका अभिव्यक्तिबाट पछि हट्दै आप्रवासीका विषयमा केही नरम धारणा प्रस्तुत गर्दै आफू अमेरिकी राष्ट्रपतिमा विजय भएमा उनीहरुको सम्बन्धमा ‘न्यायपूर्ण तर कडा काननु ल्याउने’ अभिव्यक्ति सोमबार आएको हो ।

रिपब्लिकन नेता ट्रम्पले यसअघि गैरकानुनी रुपमा अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीलाई सामूहिक रुपमै सम्बन्धित देशमा फर्काउने भनी कडा अभिव्यक्ति दिँदै आएका छन् । उनको यो नाराले उनलाई रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिन पाउने आवस्थासम्म पु¥याएको समेत बताइन्छ । तर अमेरिकी राष्ट्रपतीय निर्वाचन नजिकिँदै जाँदा आप्रवासीहरुप्रति नरम धारणा राख्ने अमेरिकी नागरिकको मन जित्ने कूटनीतिक प्रयास ट्रम्पले थालेको विश्लेषकहरुको बुझाइ रहेको पनि अमेरिकी सञ्चारमाध्यमले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ट्रम्पले शनिबार हिस्पासिक अगुवासँगको छलफलका क्रममा आफू अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका आप्रवासीहरु जसले आपराधिक गतिविधि गरेका छैनन् र कुनै न कुनै रुपमा अमेरिकी कानुनलाई स्वीकार गर्दै कानुनी आधार प्राप्त गरेका छन्, लाई अमेरिकामा बसोबास गर्न दिने विषयमा विचार गर्नसकिने धारणा सार्वजनिक गरेका थिए ।

ट्रम्पले सोमबार अमेरिकी सञ्चारमाध्यम ‘फक्स एन्ड फ्रेन्डस’लाई दिएको अन्तर्वार्तामा हिस्पानिक समुदायका धेरै अगुवासँग छलफल गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताएका थिए ।

Global Ime bank

अन्तर्वार्तामा ट्रम्पले आफूले कानुनलाई पालन गर्न र गराउन चाहेको ब्राम्निकले जनाए ।

आप्रबासी बिषयमा कट्टर धारका जेफ सेसनले शनिबार अमेरिकी टेलिभिजन सिएनबिसीसँग रिपब्लिक नेता ट्रम्पले गैरकानूनी रुपमै अमेरिकामा बसोबास गर्दै आएका सम्पूर्ण एक करोड १० लाख विदेशीलाई फिर्ता पठाउने नभनेको तर आपराधिक धरातलमा अमेरिकी भूमीलाई प्रयोग गर्दै आएका मानिस विरुद्ध अभियान चलाउने बताएको दावी गरे ।

हिस्पानिक समुदायका व्यापारी र धार्मिक नेताले ट्रम्प समावेशी बनेको हेर्न चाहेकाले छलफल चलाएको भन्दै छिट्टै धारणा सार्वजनिक गर्ने बताए ।

रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७३  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC