site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सीपी मैनालीलाई एमालेमा आउन अध्यक्ष ओलीको आग्रह
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा मालेका महासचिव सिपी मैनालीलाई पार्टीमा आउन आह्वान गरेका छन् । 

अध्यक्ष ओलीले सीपी मैनालीले नेपालको कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको स्मरण गर्दै एमाले प्रवेश गर्न आह्वान गरेका हुन् । मैनाली नेतृत्वको नेकपा मालेका नेताहरूलाई बिहीबार पार्टीमा प्रवेश गराउँदै उनले मैनाली आफ्नो घनिष्ट र पुराना मित्र भएको पनि बताउन छुटाएनन् । अध्यक्ष ओलीले माले महासचिव मैनालीलाई समयसँगै अध्यावधिक हुँदै जान पनि सुझाव दिए । जनताको हित गर्नका लागि एमालेमा अवसर भएको उल्लेख गर्दै साना साना खुद्रा पसल खोलेर अब कम्युनिस्टहरूले बसिरहन नमिल्ने तर्क उनको थियो । अध्यक्ष ओलीले जेम्सवाटले बाष्प इन्जिन आविष्कार गरेयता धेरै अरु इन्जिन आविष्कार भईसकेको उल्लेख गर्दै मैनालीलाई पनि बदलिँदा परिस्थिति अनुसार आफूलाई अध्यावधिक गर्दै लैजान पनि सुझाए ।

अध्यक्ष ओलीले जनता र राष्ट्रको हित गर्न सकिने विश्वासका साथ नेकपा मालेका नेताहरू आफ्नो पार्टीमा प्रवेश गरेको दावी समेत गरे  ।  कार्यक्रममा नेकपा मालेका पोलिटव्युरो सदस्य तथा निवर्तमान प्रमुख सचेतक अईन्द्रसुन्दर नेम्वाङ, निलमणि बराल, विरेन्द्र थपलिया, हिक्मत देउवा, गंगा चौधरी लगायतका नेताहरू एमाले प्रवेश गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC