site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

गौशाला । महोत्तरी जिल्लाको बर्दिबास नगरपलिकामा असोजको पहिलो साता देखापरेको डेंगु रोगले महामारीको रुप लिन थालेको छ । जिल्ला अस्पताल जलेश्वरका अनुसार बर्दिबास नगरपालिकामा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले फैलिएर १५५ जनाभन्दा बढी संक्रमित भएका छन् । 

जिल्ला अस्पतालका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरका अनुसार असोजको पहिलो साता बर्दिबास अस्पतालमा १२ जनामा परीक्षण गरिएकामा पाँचमा यो रोग फेला परेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia


यसैबीच, बर्दिबास अस्पतालमा डेंगु रोग परीक्षणका लागि कीटको समेत अभाव भएको बताइएको छ । 

यता जिल्ला स्वास्थ्य कार्यालय, बर्दिबास इलाका प्रशासन, बर्दिबास नगरपालिका, नेपाली सेना र नेपाल प्रहरीको पहलमा बर्दिबासमा डेंगु रोगको संक्रमण फैलिन नदिन तथा यसको रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम गर्नाका साथै सो रोगको किटाणु र लार्भा मार्न औषधिसमेत छर्किने कार्य निरन्तर भइरहेको निरीक्षक ठाकुरले बताए । 
 
बर्दिबासमा देखा परेको डेंगुको संक्रमण विस्तारै बर्दिबाससँग जोडिएको धनुषा, सर्लाही र सिन्धुली जिल्लाका विभिन्न गाउँ शहरमा पनि सर्नसक्ने चिन्ता बढ्दै गएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  २०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC