site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा माले केन्द्रीय कमिटीका २१ सदस्यसहित करिव एक सय नेता कार्यकर्ता आज नेकपा (एमालेमा प्रवेश गरेका छन् । 

नेकपा एमालेको केन्द्रीय कायाएलय धूम्रबाराहीमा आज आयोजित कार्यक्रममा मालेका पोलिटब्युरो सदस्य एवं निवर्तमान सांसद्हरु अइन्द्रसुन्दर नेम्वाङ र गंगा चौधरी, पोलिटब्युरो सदस्यहरु पुण्य गौतम ‘विश्वास’, वीरेन्द्र थपलिया, रूपकबहादुर देउवा, नीलमणि बराल, हिक्मत देउवा तथा केन्द्रीय सदस्यहरु तथा नेताहरु रोहित केसी, इन्द्रकुमार झा र प्रेम दाहाललगायत एमालेमा प्रवेश गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै मालेका ३५ जिल्लाका पार्टी सचिव र जनसंगठनका नेता पनि प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली, स्थायी समितिका सदस्य सुवासचन्द्र नेम्वाङ र पोलिटब्युरो सदस्य विष्णु रिमाल लगायतले स्वागत गरे । 

अध्यक्ष ओलीले मालेका अध्यक्ष सिपी मैनालीसहित अन्य वामपन्थी दललाई समेत बाम गठबन्धनमा आबद्ध हुन आग्रह गरे । उनले भने,  ‘अब फरक फरक र सानातिना पसल थाप्नु आवश्यक छै, एउटै र ठूलो पसल भए पुग्छ, पुरानो इञ्जिन बोकेर पनि कम्युनिष्ट आन्दोलन चल्दैन ।’ 

Global Ime bank

एमाले र नेकपा माओवादी केन्द्रले चुनावी गठनबन्धन र एकताको पहलको घोषणा गरेपछि मालेका यति धेरै संख्याका नेता पहिलो पटक एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशी नेता विश्वासका अनुसार मालेबाट कूल २७ जना केन्द्रीय सदस्यले एमालेमा आउने तयारीमा रहेकामा आज छुटेका छजनासहित अन्य नेता कार्यकर्ता चाँडै एमालेमा आउनेछन् । 

हाल मालेमा ५७ केन्द्रीय सदस्य छन् । विश्वासले मालेका महासचिव मैनालीलाई राष्ट्रवादी नेताका रुपमा सम्मान गर्दै वाम ध्रुवीकरणमा लाग्न पुनः आग्रह गरिने बताए । रासस 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  २०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC