site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लिस्बोन । पोर्चुगलका आन्तरिक प्रशासन मन्त्री कन्स्टान्स अर्बानो डे सोउसाले राजीनामा दिएका छन् ।  भीषण आगलागीका कारण पोर्चुगलमा ठूलो धनजनको क्षति भएकोमा कमजोरी स्वीकार गर्दै उनले बुधबार राजीनामाको घोषणा गरेका हुन् ।  

आफ्नो राजीनामा पत्रमा उनले भनेका छन्, “यस्तो अवस्थामा म पदमा बसिरहन सुहाउने कुरा होइन, मेरो नैतिकता र आत्मसम्मानका लागि पनि मैले राजीनामा दिनु उपयुक्त हुने ठानेको छु । त्यसैले मेरो राजीनामालाई सबैले स्वीकार्नु हुनेछ भन्ने विश्वास लिएको छु ।” 

उनको राजीनामालाई प्रधानमन्त्री एन्टोनिओ कोस्टले स्वीकृत गरेका छन् । राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री कोस्टले मन्त्री सोउसालाई सार्वजनिक रुपमा धन्यवाद दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“राजीनामा दिने सही निर्णय गरेकोमा र आफ्नो जिम्मेबारी पूरा गर्नका लागि हरदम प्रयत्न गरेकोमा उहाँलाई धन्यवाद छ,” प्रधानमन्त्रीले भनेका छन् । 

आगलागीपछिको संकटपूर्ण अवस्थामा व्यवस्थापन गर्न नसकेको, आगलागी नियन्त्रण गर्न नसकेको र आगलागी नियन्त्रणका लागि पूर्व तयारी राम्रोसँग नगरेको भन्दै मन्त्री सोउसाको सार्वजनिक रुपमा चर्को आलोचना भएको थियो । 

Global Ime bank

गत चार महिनामा मात्रै पोर्चुगलमा भएका आगलागीमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ । 

यही आइतबार पोर्चुगलको उत्तर र मध्यक्षेत्रमा झण्डै ५०० ठाँउमा आगलागी भएको थियो । आगलागीमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टी गरेका छन् । 

यो भन्दा अगाडि पेड्रोगाओ क्षेत्रमा गत जुनमा भएको आगलागीमा परी ६४ जनाको मृत्यु भएको दाबी गरिएको छ । 

मंगलबार राति सयौँ प्रदर्शनकारीले राष्ट्रपति कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले मन्त्री सोउसालाई हटाउन माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले आफ्नो आक्रोश र पीडा व्यक्त गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  १०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC