site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बेन्फिकाका गोलरक्षक स्विलरको गल्ती, राष्फोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेड विजयी
Ghorahi CementGhorahi Cement

एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले युएईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणमा शतप्रतिशत जित कायम राखेको छ । बुधबार राति भएको समूह चरणको तेस्रो खेलमा १० खेलाडीमा सिमित पोर्चुगलको बेन्फिकालाई १ – ० ले पराजित गर्दै युनाइटेडले लगातार तेस्रो जित निकालेको हो ।

बेन्फिकाको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन मार्कुस राष्फोर्डले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा राष्फोर्डले निर्णायक गोल गरेका थिए । युनाइटेडको जितमा बेन्फिकाका १८ बर्षिय गोलरक्षक मिले स्विलरले सानो गल्ती गरेका थिए । उनी च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कम उमेरका गोलरक्षक हुन् । तर, उनकै गल्तीका कारण युनाइटेडले महत्वपूर्ण जित निकाल्यो । 

Agni Group

खेलको ६४ औं मिनेटमा राष्फोर्डको फ्रिकिक समात्ने क्रममा स्विलरले गोल पोस्टको टच लाइन क्रस गरेका थिए । त्यसपछि गोललाइन प्रविधिको सहयोगमा युनाइटेडले गोलको मान्यता पाएको थियो । उक्त गोलमा नै युनाइटेडले आफ्नो अपराजित यात्रा कायम राख्न सफल भयो । यस्तै खेलको ९० औं मिनेटमा लुइसुवा दोहोरो पहेलो कार्ड पाएर मैदानबाट बाहिरिए पनि बेन्फिकाका केहि समय १० खेलाडीमा समेटिएको थियो ।

यो जितपछि समूह ए मा रहेको युनाइटेडले ३ खेलबाट ९ अंक जोडेको छ । अंकबिहिन बेन्फिका समूहको पुछारमा रहेको छ । ६ अंक जोडेर एफसी बसेल यो समूहको दोस्रो स्थानमा रहेको छ । बसेलले  बुधबार राति सीएकेए मस्कोलाई २ – ०  ले पराजित गरेको थियो । ३ अंक जोडेको मस्को तेस्रो स्थानमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC