site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उल हकको शतकमा पाकिस्तानले जित्यो सिरिज
Ghorahi CementGhorahi Cement

एजेन्सी । श्रीलंकाविरुद्धको एक दिवसीय क्रिकेट सिरिज पाकिस्तानले जितेको छ ।

बुधबार राति दुबईमा भएको तेस्रो एकदिवसीयमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले सिरिज आफ्नो बनाएको हो । आबुधाबीमा भएको तेस्रो खेल जिते संगै पाकिस्तानले ५ खेलको सिरिज दुई खेल अगावै जितेको हो । जितपछि पाकिस्तानले सिरिजमा ३ – ०  को अग्रता समेत कायम गरेको छ ।

Agni Group

श्रीलंकाले दिएको २०८ रनको लक्ष्य पाकिस्तानले ४२ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको जितमा इमाम उल हकले १०० रनको शतकीय पारी खेले । उनले १२५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै मोहमद हाफिजले अविजित ३४ तथा बाबर आजमले ३० रन जोडे ।

त्यसअघि शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४८ ओभर २ बलमा अलआउट हुँदै २०८ रन जोडेको थियो । 

Global Ime bank

श्रीलंकाका लागि कप्तान उपुल थरंगाले ६१ तथा थिसारा परेराले ३८ रन जोडे । पाकिस्तानका हसन अली एक्लैले ५ विकेट लिए  भने  शादब खानले २ विकेट लिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  ०८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC