site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच बनेको गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाँडमा देखिएको विवादले सहमति कायम हुन सकेको छैन ।

दुवै दलले एउटै क्षेत्रमा अडान राखेपछि त्यस्तो विवाद देखिएको कार्यदलका एक सदस्यले बताए । उनका अनुसार नेकपा माओवादी केन्द्रले एमालेको पकड रहेको भोजपुर, झापा लगायतका जिल्लामा आफ्नो उमेदवार हुनुपर्ने बताएको छ भने एमालेले भोजपुर,  ओखलढुंगा, झापा लगायतका जिल्ला बाहेक अन्य क्षेत्रमा दिने तयारी गरेको छ ।

Agni Group

प्रदेश नम्बर १ मै कार्यदलले टुंगो लगाउन नसकेका क्षेत्रको जिम्मा शीर्ष नेता रहेको समितिलाई दिने तयारी भएको छ । प्रदेश नम्बर ७ मा कुन क्षेत्र कुन दललाई भन्ने बारेमा छलफल भए पनि टुंगो लाग्न सकेको छैन ।

एमाले र माओवादी केन्द्रबीचको कार्यदलले टुंगो लगाउन नसकेका क्षेत्र शीर्ष नेताले लगाउने तयारी भएको छ । कार्यदलका एक सदस्यका अनुसार एमाले र माओवादी केन्द्रका प्रभावशाली नेता रहेकै क्षेत्रमा केही विवाद देखिएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  ०६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC