site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अंग्रेज शासनलाई लात हान्दै झुल्किए कमेडियन कपिल शर्मा
Ghorahi CementGhorahi Cement

काठमाडौं । केही समय सानो पर्दामा देखिन छोडेको हास्य कलाकार कपिल शर्मा अंग्रेज शासनलाई लात हान्दै गरेको अवस्थामा फेला परेका छन् । भारतमा ब्रिटिस साम्राज्य रहेको बेला अंग्रेजहरुको मुद्दालाई समेटेर निर्माण गरिएको फिल्म ‘फिरंगी’ को पोष्टरमा कमेडिन कपिल शर्मा अंग्रेज शासनलाई लात हान्दै गरेको अवस्थामा देखिएका हुन् । 

फिल्ममा हिन्दी भाषालाई महत्वका साथ उठाउँदै कपिल शर्माले अंग्रेजी भाषाको धज्जी उडाएका छन् । ‘फिरंगी’ को फष्ट लुकमा कमेडिन कपिल शर्मा एक जना अंग्रेज जस्ता देखिने कलाकारलाई पछाडिबाट लात हान्दै गरेको देखिएका छन् । उनले अंग्रेज शासकको पालामा लगाइने सुरक्षाकर्मीको युनिफर्म लगाएका छन् । पोष्टरमा ब्रिटिस सरकारको झण्डापनि देखाइएको छ । ‘फरंगी’ को फष्ट लुक हेरेर फिल्ममा भारत स्वतन्त्र हुनु अगाडिको कथा समेटिएको सहजै अनुमान लगाउन सकिन्छ । 

Agni Group

फिल्ममा कपिल एक युवतीको प्रेममा डुबेर अंग्रेज शासन विरुद्ध लडेका छन् । फिल्ममा तनुश्री दत्ताकी बहिनी इशिता दत्ता र मोनिका गिल मूख्य भूमिकामा देखिने छन् ।

जसको निर्देशन गरेका छन् कपिलका घनिष्ट मित्र राजीव धींगराले गरेका छन् । उनले ‘लव पंजाव’ र ‘अंग्रेज’ नामक दुई सुपरहिट फिल्मको निर्देशन गरिसकेका छन् ।

Global Ime bank

नोभेम्बर २४ मा रिलिज हुने ‘फिरंगी’ को ट्रेलर अक्टोबर २४ मा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।    
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  ००:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC