site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । सार्वजानिक यातायातका सवारी साधनले सर्वसाधारणलाई बीच बाटोमै अलपत्र पार्न थालेपछि ललितपुरको लगनखेल–गोदावारी रुटमा चल्ने सार्वजनिक सवारी साधनलाई बुधबारदेखि जोर बिजोर प्रणाली लागु गरिएको छ । 

यातायात व्यवसायी र मजदुर संघको सहकार्यमा लगनखेलबाट जाने—आउने सवारी साधनलाई जोर विजोर प्रणाली लागु गरिएको ललितपुर ट्राफिक प्रमुख प्रहरी निरिक्षक सिताराम हाछेथुले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

साँझ र रातको समयमा गोदावारीसम्म यात्रु नलैजाने, लगनखेलबाटै यात्रु भरिएपछि मात्र जाने र यात्रु भरिएपछि बीचमा यात्रु नचढाउने लगायत कार्य हुन थालेपछि ट्राफिक प्रहरीले बुधबारदेखि जोर बिजोर प्रणाली सुरु गरेको होे । 

बुधबारदेखि एकहप्तासम्मको लागि लगनखेलदेखि टौखेलसम्म जाने र आउने सवारी साधनलाई जोर नम्बर र लगनखेल देखि गोदावरीसम्मको रुटमा बिजोर नम्बरको सवारी साधनलाई चल्ने व्यवस्था गरिएको छ ।

Global Ime bank

प्रत्येक सातापछि उक्त नियम परिर्वतन हुने ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC