site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजपा–फोरम गठबन्धनले बहुमत ल्याउँछ :सोनल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजपा नेपालका महासचिव जितेन्द्र सोनलले अब हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा राजपा र फोरमको संयुक्त गठबन्धनले झापादेखि कञ्चनपुरसम्म बहुमत ल्याउने दाबी गरेका छन् । 

उनले भने,‘२ नम्बर प्रदेशमा त राजपा र फोरमको सरकार बन्छ, म ठोकुवा गरेर भन्न सक्छु हामी बहुमत ल्याउँछौं ।’

Prabhu Bank
Agni Group
NIC Asia

बोल्दै नेता सोनलले भने,‘२ नम्बर प्रदेशमा राजपा र फोरमको संयुक्त सरकार बन्छ, त्यही धरातल टेकेर अगाडि बढ्छौं, १, ५ र ७ नम्बर प्रदेशमा पनि हामी बिना राजनीति अगाडि बढ्न सक्दैन्, त्यसैले हामी चुनाव जित्छौं।’

उनले आफूहरु संविधान संशोधन र समग्र मधेशको विकासका एजेण्डा लिएर चुनावमा जाने स्पष्ट पारे । उनले थपे,‘२ नम्बर प्रदेश लगायत समग्र मधेशमा फोरम र राजपावीच बराबरीको हैसियतमा सिट बाँडफाँड गर्ने सहमति भैसकेको छ, यही अनुसार हामी अघि बढ्छौं।’

Global Ime bank

उनले संविधान संशोधनको पक्षमा उभिने अन्य शक्तिहरुसँगपनि आफूहरुको चुनावी तालमेल हुन सक्ने विश्वास दिलाए । उनले थपे,‘ग्राउण्ड रियालिटी हेरेर चुनावी सिट संख्याको टुँगो लगाउनुपर्छ, २ नम्बर प्रदेशमा राजपा र फोरमवीचको गठबन्धनलाई कांग्रेस लचक हुनुपर्छ, अरु प्रदेशमा हामी लचक हुन्छौं।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाँस्न र रुने काम एकैचोटी गरेको भन्दै नेता सोनलले व्यंग्य गरे । उनले भने,‘प्रचण्डजीले कांग्रेससँग सरकारमा पनि रहने र विपक्षी एमालेसँगपनि तालमेल गर्ने काम गर्नुभयो, यो कुन नैतिकता र राजनीीतक सिद्धान्तभित्र पर्छ मलाई प्रश्न गर्न मल लागेको छ।’

त्यस्तै उनले कम्युनिज्मको नाममा अहिले जनतालाई भ्रम छर्ने काम भैरहेको समेत उनले आरोप लगाए । उनले भने,‘चुनाव सार्न लागिएकोले हामी सरकारबाट बाहिरिन नचाहेको भनेर माओवादी केन्द्रका मन्त्री साथीहरुले अभिव्यक्ति दिनुभयो यो नाटक हो।’ उनले अब चुनाव कसैले रोकेर पनि नरोकिने र चुनाव जनताको माँग भएको जिकिर गरे। 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC