site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वामपन्थी कि कम्युनिस्ट गठबन्धन ?

केदारभक्त माथेमा नेपाली कांग्रेसका नेता वा कार्यकर्ता हैनन् । सैद्धान्तिक दृष्टिले उदार लोकतन्त्रवादी भन्न मिल्ने माथेमा नेपाली कांग्रेसको सरकार भएका बेला एकपटक त्रिभुवन विश्वविद्यालयको उपकुलपति र एकपटक जापानको राजदूत भएका थिए । लोकतन्त्रवादी भएकाले उनको झुकाव, संगत वा समर्थनसमेत कांग्रेसलाई हुनसक्छ । यसैका आधारमा उनलाई कांग्रेस समर्थक भन्नु पनि न्यायोचित हुँदैन ।

विद्रोह र मानवीय उदात्तता वामपन्थी चरित्र हो भने विचार र व्यवहारका दृष्टिले यी विद्रोही स्वभावका विद्वान् सक्कली वामपन्थी हुन् । संसारभरको उदाहरण हेर्ने हो भने वामपन्थी त डा. गोविन्द केसी हुन् जो स्वास्थ्य शिक्षाको मूल दायित्व राज्यको हो भन्ने सिद्ध गर्न ज्यानको बाजी थापेर लागेका छन् । डा. केसी वामपन्थी हुन् भने शिक्षाको कालोबजार गर्न नदिने विधेयक पारित हुन नदिनेहरू कसरी वामपन्थी हुनसक्छन् ?

यद्यपि, राजनीतिमा वामपन्थ वा दक्षिणपन्थ भ्रममात्रै हो । राजनीतिक सिद्धान्त कि उदार हुन्छ कि अनुदार । व्यक्ति सबैको केन्द्रमा हुन्छ भन्ने सिद्धान्त उदारवादी हो र व्यक्तिइतर राष्ट्र, समाज, पुँजी वा अरू केहीमा केन्द्रित सिद्धान्त अनुदारवादी हो । यसैले अहिले कम्युनिस्टहरू अनुदारवादी हुन् । नेपाली कांग्रेस पनि उदारवादी देखिएको छैन । पुँजीवाद यी सबैको साझा भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

फ्रान्समा लोकतन्त्रको विकासमा क्रममा देखापरेको दाहिने र देब्रे विभाजनले बिस्तारै संद्धान्तिकरूप लियो । तर, राजनीति गर्नेहरूले शब्दको चरम दुरुपयोग गर्दा अर्थ र अनर्थ दुवैको विकास भयो । बर्मामा सैनिक विद्रोह गरेर लोकतन्त्र समाप्त गरी सत्ता हत्याउने जर्नेलहरूले हुर्काएको पार्टीको नाम सोसलिस्ट थियो यसले आफूलाई वामपन्थी भन्थ्यो । तीन पुस्ताले सर्वसत्तावादी शासन चलाएको उत्तर कोरियाको नामै ’डेमोक्रेटिक पिपल्स रिपब्लिक’ । धेरै चरम दक्षिणपन्थी स्वभावका शासकहरूले वामपन्थी ध्वनित हुने नाम राखेका छन् ।

अमेरिकामा वामपन्थी भन्दा जे बुझिन्छ युरोपमा त्यही बुझिँदैन । अमेरिकामा डेमोक्रेटिक पार्टी उदारवादी र वामपन्थी दुवै मानिन्छ । बेलायतको सामाजिक कल्याणका सबै कामको थालनी ’लिबरल’हरूले गरेका हुन् । हालको लिबरल डेमोक्रेटिक पार्टी सोसलिस्ट र लिवरल मिलेर बनेको हो । यसका नीतिहरू समाजवादी भनिने लेबर पार्टीको भन्दा धेरै वामपन्थी छन् । युरोपमा बिस्तारै प्रभाव बढाउँदै गएका ग्रिनहरू पनि वामपन्थीकै खेमामा पर्छन् ।  यसैले वामपन्थी भन्ने शब्दको प्रयोगमा निकै सजग हुनुपर्छ । भारतको राष्ट्रिय कांग्रेस पनि वामपन्थी पार्टी हुनेगथ्र्यो । जयप्रकाश नारायणका चेलाहरूको पार्टी पनि वामपन्थी खेमाकै हो । कम्युनिस्टहरूलाई त झन् वामपन्थी भनिने रहरै छ ।

Global Ime bank

शिक्षा वा स्वास्थ्यलाई व्यापार बनाएर माफियाको चंगुलमा राख्न सिंगो पार्टी संयन्त्र प्रयोग गरेर षड्यन्त्र गर्नेहरूको गठबन्धनलाई ’वामपन्थी’ भन्दा यस शब्दको अर्थोपकर्ष हुन्छ । अर्थात् अर्थ खुम्चन्छ ।

कम्युनिस्ट दीक्षामा हुर्केका दुई कम्युनिस्ट पार्टी एक हुृँदा पनि त्यसलाई ’वामपन्थी एकता’ भन्दैछन् । ’समाजवादी क्रान्ति’ गर्न ’कम्युनिस्ट केन्द्र’ निर्माण गर्ने तिनको घोषित उद्देश्य नै हो । यसैले यिनीहरू वामपन्थी वा लोकतान्त्रिक भनेर भ्रममा नपरौँ, भ्रम नछरौँ ।

कुन दल वा उमेदवारलाई मत लिने हो त्यसको छनोट जनताले गर्ने हो । उनीहरूले स्वतन्त्रतापूर्वक छनोट गर्न पाउनुपर्छ । कम्युनिस्टहरूलाई मत दिने हो भने जनताले कम्युनिस्टै भनेर दिऊन् न । नेपालको संविधानमा कम्युनिस्ट वा कांग्रेसलाई मत दिनुपर्छ वा दिनु हुँदैन भन्ने त कतै लेखिएको छ छैन नि ! यसैले भ्रममा नपरी ’कम्युनिस्ट’ र ’गैरकम्युनिस्ट’ गठबन्धन लेख्नु शब्दको अर्थ र सन्दर्भ दुवै दृष्टिले सही हुन्छ ।

कम्तीमा सञ्चार माध्यमबाट त जनतालाई भ्रममा पार्ने काम नगरौँ !

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC