काठमाडौं । आमिर खानलाई बलिवुडमा मिस्टर परफेक्टका नामले पनि जानिन्छ । उनले कयौं यस्ता सुपरहिट सिनेमा दिएका छन्, जसले रेकर्ड कायम गरेका छन् ।
उनले कैयौं सुपरहिट सिनेमाहरुमा अभिनय गर्न अस्वीकार पनि गरेका छन् । आमिर खानले शाहरुख खानको ‘डर’ र राकेश रोशनको ‘करण–अर्जुन’ मा किन अभिनय गर्न अस्वीकार गरे भन्ने प्रश्नको जवाफ सार्वजनिक भएको छ ।
राकेश रोशनकी छोरी सुनैना रोशनले आफ्ना बुवाको बायोग्राफीमा लेखेको पुस्तक ‘टू डैड विथ लभ’ नामक पुस्तकमा यसको जवाफ पाइन्छ । पुस्तकमा राकेश रोशनले कसैसँग नभनेका कुराहरु पनि समेटिएका छन् । पुस्तकका अनुसार राकेश रोशनले फिल्म ‘करण–अर्नुन’ मा अजय देवगन र शाहरुख खानलाई लिन चाहन्थे । उक्त समयमा अजय देवगन रोमान्सयुक्त र शाहरुख खान एक्सनयुक्त भूमिका निर्वाह गर्न चाहन्थे ।
त्यसपछि रोकेश रोशनले सलमान खान र आमिर खानको जोडी बनाउन चाहे । सलमानले त समय दिए तर आमिरले फिल्म खेल्न अस्वीकार गरिदिए । अन्तिममा शाहरुखले रोमान्स भएको रोल अपनाए र ‘करण–अर्जुन’ फिल्म बन्यो ‘ब्लक बास्टर’ फिल्म । एक अन्तर्वार्ताका क्रममा आमिरले उक्त फिल्मको हिस्सा बन्न चाहेपनि अरु निर्माताहरुलाई समय दिइसकेका कारण बन्न नसकेको बताएका छन् ।
‘डर’ फिल्म किन अस्वीकार गरियो भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘‘मेरो परिचय एक रोमान्टिक हिरोका रुपमा भइसकेको थियो । दिल, दिल है कि मानता नही, अन्दाज अपना अपना जस्ता फिल्म हिट भइसकेका थिए । जबकी डर फिल्ममा मलाई नेगेटिभ भूमिका निभाउनु पर्ने थियो । जो मलाई मन परेन ।’’ ‘डर’ फिल्मको नेगेटिभ भूमिका शाहरुख खानले निभाए । उक्त फिल्मको संवाद ‘कक्क्क किरण.....’’ धेरै चर्चित बनेको यियो ।