site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank


केही दिन पहिलेको ८८ किलो सुन तस्करी काण्डमा सशस्त्र प्रहरीकै एक जना हवलदार संलग्न भएको रहस्य खुलेको समाचारले तस्करीमा सरकारी संलग्नताको एउटा पाटो उजागर गरेको छ । त्यसो त नेपाली कांग्रेसबाट प्रदेश सभाका लागि समानुपातिक सूचीमा परेका उमेदवार पनि सुन तस्करीकै सिलसिलामा पक्राउ परेकाले राजनीतिक दलहरू पनि चोखो नरहेको स्पष्ट हुन्छ । सुन तस्करीमा शासकहरूको संलग्नता नेपालमा नौलो विषय नभए पनि सीमा सुरक्षाको जिम्मा दिइएको सशस्त्र प्रहरीकै कर्मचारी संलग्न हुनु चिन्ताको विषय हो । सुनसँगै बरामद भएको मोटरका चालकले नै चीनसँगको सीमा नाकाबाट सशस्त्र प्रहरीका हवल्दारले गाडी चलाएर तस्करीको सुन नेपाल छिराएको वयान दिएका हुन् ।

नेपालमा शासकहरू आर्थिक अपराधमा संलग्न हुने पुरानै चलन हो । शासकहरूकै संलग्नता भएपछि त्यसमा तल्ला तहका कर्मचारी, प्रहरी प्रयोग गरिनु स्वाभाविकै हो । पञ्चायतकालमा मूर्ति चोरी र तस्करीमा सुरक्षाकर्मीसमेत संलग्न भएको चर्चा हुनेगथ्र्यो । लोकतन्त्रको पुनःस्थापनापछि पनि यस्ता अपराधमा शासनमा पहुँच हुनेहरूको संलग्नता घटेन । कुनै बेला सुन तस्करी राजनीतिक समीकरणको कारणसमेत बन्न पुग्यो । संसदीय समितिले नै मुलुकको गृह मन्त्री र प्रहरी महानिरीक्षकले विमानस्थलबाट सुन बाहिर निकाल्न तस्करलाई प्रत्यक्ष सहयोग गरेको प्रतिवेदन दिएको थियो । त्यसरी संसदीय समितिले तस्करको सहयोगी किटान गरेको व्यक्ति त्यसपछि पनि पटकपटक देशको गृह मन्त्री भए । यसैले यस्तो अपराधमा लाग्न सुरक्षाकर्मी वा अरू कर्मचारी नहिचकिचाउने गरेको हुनुपर्छ ।  

तस्करी सुनकै भए पनि अपराधै हो । त्यसमाथि भन्सार सुरक्षाको जिम्मा दिइएको सशस्त्र प्रहरीकै हवलदारले तस्करीको सुन बोकेको मोटर हाँकेर नेटो कटाउनु झन् ठूलो अपराध हो । यसैले यस्तो प्रवृत्तिलाई संरक्षण गर्नु हुँदैन । पैसाको लोभका सुनको तस्करी हुन दिने हो भने लागु पदार्थ र हतियारको पनि तस्करी हुन थाल्नेछ । यसैले यस्तो अपराधलाई पूरै निययन्त्रण गर्नुपर्छ । सशस्त्र प्रहरीको हवलदार एक्लैले यति ठूलो दुस्साहस पक्कै गरेको हैन । प्रहरीले यस विषयमा थप छानबिन गर्नुपर्छ र दोषी जोसुकै भए पनि अदालतमा छाड्नु हुँदैन । सुन तस्करीका मामिलामा सधैँजसो मालिक फेला पर्दैन । नेपाल प्रहरीले साँच्चै खोज्यो भने मालिक फेला पार्न सक्तैन भन्ने पत्याउन सकिँदैन । राजनीतिक संरक्षणका कारण सुन तस्कर पनि अरू अपराधीजस्तै उम्कन सकेका हुन् भन्ने सामान्य जनधारणा छ । यसलाई मेटाउन नेपाल प्रहरीले तस्करीका मूल नाइकेहरूलाई समातेर कानुनबमोजिम कारबाही गराउनु जरुरी हुन्छ । सशस्त्र प्रहरीलाई कस्तो काममा खटाउने हो भन्नेमा पनि पुनर्विचार हुनु आवश्यक देखिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC