site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

मस्को, रसिया (रासस/सिन्ह्वा) । जङ्गलमा खानाको अभावमा रसियाको सुदुरपूर्वमा रहेका मानव वस्तीमा आक्रामण गर्न थालेपछि  नियन्त्रणका लागि ८३ वटा भालु मारिएको रसियाली अधिकारीले सोमबार जनाएका छन् ।

साखलिन टापूमा तैनाद वन अधिकृतले भने, “भालुको सन्त्रास मानव वस्तीमा फैलाएका कारण गाउँलले प्रशासनमा भालु नियन्त्रण गर्न गरेको अपीलपछि भालुलाई जङ्गलतिर धपाइने गरेपनि जङ्गलमा आहाराको कमी हुँदा निरन्तर मानव वस्तीमा आक्रमण गर्ने क्रम नरोकिएपछि प्रशासनको सल्लाह अनुसार एक हप्तामा ८३ भालुलाई मारिएको छ ।” एक बर्षको अवधिमा यो सङ्ख्याको तेब्वर भालु मारिएको उनले बताए ।

Agni Group

यस क्षेत्रमा यस पहिले भालु आक्रमणमा स्थानीयले ज्यान गुमाएका नगन्य घटना पाइने गरेपनि पछिल्ला केही बर्ष यता भालुको विगविगी रहने गरेको आँफू यो सूचना दिने अधिकारिक व्यक्ति नभएकोले नाम सार्वजनिक नगर्ने शर्तमा बताए ।

स्थानीय नदी तथा खोलाहरूमा पाइने सालमन जातका माछाको उच्च मागसँगै अत्यधिक दोहन तथा जलवायु परिवर्तनका कारण जङ्गली फलहरूको कमी हुन थालेपछि भालुले मानव वस्तीमा आक्रमण गर्न थालेका उनको दावी छ । 

Global Ime bank

उनले भालुको आहारा रक्षाका लागि आगामी गृष्मऋतुभरी माछा मार्ने काम निषेध गर्नुपर्ने बताए । खानाको खोजीमा गाउँमा पुग्ने भालुले मानव तथा घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीय नागरिकले भालुको आक्रमण रोक्न प्रशासन गुहार्न पुगेका हुन् । 

आहाराको अभावमा निकै मोटा रहनेगरेका भालु आजकल निकै दुब्लो अवस्थामा भेटिने गरेको स्थानीय नागरिकले बताए । भालुको आक्रमणमा सेप्टेम्बरमा मात्रै दूई जनाको ज्यान गएको थियो । भालुको सन्त्रास नोभेम्बरसम्म बढी हुने गर्छ किनकी यो समय माछाको उत्पादन निकै कमी हुने गर्छ ।  


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC