site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

दैलेख (रासस) । भगवतीमाई गाउँपालिका–७ का एक दम्पतीको आइतबार राति  हत्या गरिएको छ । 

सामान्य लेनदेनको विषयमा विवाद हुँदा ४० वर्षीय जयबहादुर सिंह र उनकी पत्नी ३९ वर्षीया कमलाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।  बाबुआमाको झगडामा अनाहकमै जयबहादुरका १६ वर्षीय छोरा दीपकलाई समेत धारिलो हतियारले काटिएकाले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा लगिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दम्पती हत्यामा भगवतीमाई गाउँपालिकाकै छिमेकी २१ वर्षीय मोहन खड्का संलग्न रहेको आरोप जिल्ला प्रहरी कार्यालयले लगाएको छ । उलाई पक्राउ गरिएको छ । छिमेकी घर जोडिएको सिंह दम्पतीलाई लेनदेनको विषयलाई लिएर आइतबार राति धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखमा अभियुक्त खड्काले बयान दिएको प्रहरी प्रमुख सरोज पौडेलले बताए ।

जयबहादुरले विभिन्न स्थानमा लगेर काममा लगाउने र पैसा माग्न जाँदा उल्टो गाली गर्ने गरेपछि विवादको शुरुआत भएको थियो । 
बयानका क्रमममा छोरी बिरामी भएपछि श्रीमतीलाई पैसा माग्न पठाएका बेला श्रीमतीलाई उल्टो गाली गरेपछि आफू आक्रोशमा आएको र पहिला जयबहादुरले आफ्नो हातमा हतियारले हानेपछि आफूले पनि हँसियाले हानेको खड्काले स्वीकार गरेको प्रहरी निरीक्षक एकेन्द्र खड्काले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC