site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समाजवादको मिसनसहित पार्टी एकता : दाहाल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

असोज ३० माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेसँग समाजवादको मिसनसहित आफूहरुले पार्टी एकता गर्न लागिएको बताएका छन् ।
सोमबार अखिल (क्रान्तिकारी)को पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ‍नेकपा एमालेसँग आफूहरुले समाजवादको मिसनमा जाने समझदारीका साथ पार्टी एकता गर्न लागिएको बताएका हुन् । अध्यक्ष दाहालले भने, ''हामीले समाजवादको मिसनसहित पार्टी एकता गर्ने भनेका छौं, नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्न सक्यौं भने समाजवादको यात्रालाई कसैले रोक्न सक्दैन, हामीले सहमतिपत्रमा समाजवादी मिसनका आधारमा एकता गर्ने, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, सामाजिक न्यायजस्ता मुद्दाहरु संस्थागत गर्ने, उत्पीडित वर्ग, जाति र समुदायका जायज मागहरु सम्बोधन गर्न लोकतान्त्रिक, शान्तिपूर्ण र कानूनी संघर्षको बाटो अख्तियार गर्ने भनेका छौं ।''

अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा भएका सकारात्मक परिघटनाहरुको संश्लेषण र सम्मानसहित पार्टी एकता हुने स्पष्ट पनि पारे । उनले अगाडी भने, ''नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा भएका सकारात्मक परिघटनाहरुको संश्लेषण र सम्मानसहित हामीले एमाले लगायतका कम्युनिष्ट समूहसँग पार्टी एकताको तयारी गरेका छौं ।''

उनले एमालेसँग पार्टी एकता भएपछि पार्टीका साथीहरुले जनयुद्धमा बलिदान गरेका सहिदहरुको सम्मान हुन्छ कि हुँदैन ? बेपत्ताहरुको सम्मान कसरी हुन्छ ? भन्ने प्रश्न उठाएको बताउँदै ती सबै घटनाहरुको सम्मान हुने दावी समेत गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC