site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
श्रीलंकाबिरुद्ध बाबरको लगातार दोस्रो शतक, दोस्रो खेलमा पाकिस्तान ३२ रनले विजयी  
Sarbottam CementSarbottam Cement

एजेन्सी । श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तान बिजयी भएको  छ ।  सोमबार राति युएईमा भएको दोस्रो एकदिवसीयमा पाकिस्तानले ३२ रनको जित निकालेको हो ।

शेख जायद स्टेडियममा पाकिस्तानले दिएको २२० रनको लक्ष्य पछ्याएको श्रीलंका ४८ ओभरमा अलआउट हुँदै १८७ रनमा समेटियो । यो जितसँगै पाकिस्तानले ४ खेलको एकदिवसीय क्रिकेट  सिरिजमा २ – ०  को अग्रता बनाएको छ । तेस्रो खेल बुधबार हुने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पाकिस्तानले दिएको मध्यम लक्ष्य पछ्याउने क्रममा श्रीलंकाका कप्तान उपुल थरंगाले शतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन । थरंगाले १४४ बलको सामना गर्दै १४ चौकासहित ११२ रन बनाए । त्यसबाहेक श्रीलंकाका अन्य ब्याट्सम्यान चल्न सकेनन । उसका जेफ्रेए भण्डरसे २२ तथा लाहिरु थिरिमानेले १२ रन जोडे ।

श्रीलंकालाई सस्तैमा समेट्न पाकिस्तानका शादब खानले ३ विकेट लिए । 

Global Ime bank

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २१९ रन बनाएको थियो । पाकिस्तानका बाबर आजमले १०१ रनको शतकीय पारी खेले । उनले १३३ बलमा ६ चौका प्रहार गरे ।

आजमको यो लगातार दोस्रो शतक हो । २३ बर्षीय युवा ब्याट्सम्यान आजमले  पहिलो खेलमा पनि १०३ रन बनाएका थिए । आजमको यो करियरको सातौं एकदिवसीय शतक हो ।  त्यस्तै शादब खानले अविजित रहदै ५२ रनको योगदान दिए । श्रीलंकाका लाहिरु गमागेले ४ तथा थिसारा परेराले २ विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  ०७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC