काठमाडौं । ‘दंगल’ नामक सिनेमापछि बलिवुड अभिनेता आमिर खान ‘सिक्रेट सुपरस्टार’ बाट फेरी एक पटक ‘दंगल’ गर्न गइरहेका छन् । जसमा उनीको ‘इन्ट्री’ सिनेमाको मध्य तिर हुनेछ । ‘दंगल’ सिनेमाकी बाल कलाकार जायरा वसिमको ‘सिक्रेट सुपरस्टार’ मा मूख्य भूमिका रहेको छ ।
यो सिनेमा उनीबाटै सुरु हुनेछ । जायरको जिन्दगी, उनको इच्छा, पारिवारिक समस्या र चाहनालाई सबैभन्दा अगाडि सिनेमामा देखाइने छ । सिनेमाको मध्य भागपछि आमिर खानको अभिनयले बलिवुड तताउने छ । जसमा उनी एक ‘म्युजिक कम्पोजर’ को भूमिका निभाइरहेका छन् । सिनेमामा आमिरले निर्वाह गरेको पात्रको नाम शक्ति कुमार छ । उनी फ्लप ‘म्युजिक कम्पोजर’को भूमिकामा देखिने छन् ।
आमिरकी पत्नी किरण रावले सिनेमामा उनको भूमिकालाई लिएर भनिन्, ‘उनी एक दमै सामान्य छन् । सबैभन्दा बढी सामान्य ।’’ सिनेमामा समेटिएको गीत ‘सेक्सी बलिए’ लाई मिका सिँहले स्वर दिएका छन् । ‘दंगल’ को महावीर फोगाट र ‘सीक्रेट सुपरस्टार’ को शक्ति कुमार नामक पात्रका रुपमा आमिरले निर्वाह गरेको भूमिकाका कारण आमिर खान फेरी एक पटक दर्शकहरुलाई मन्त्रमुग्ध पार्ने निश्चित छ ।