site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विराटनगर ।अख्तियार दुरपयोग अनुसन्धान आयोगले प्रवद्र्धनात्मक, निरोधात्मक र दण्डनात्मक रणनीति अपनाएर काम गर्ने गरेको छ । 

आयोग इटहरीद्वारा आज यहाँ आयोजित ‘भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका’ विषयको एकदिने जिल्लास्तरीय गोष्ठीमा सुशासन तथा भ्रष्टाचाररहित समाज कायम गर्नु नै आयोगको मूल उद्देश्य रहेको र आयोगले ती नीतिअन्तर्गत सचेतना, सुझाव र अनुसन्धानपछि दण्डानात्मक रणनीति अपनाएको जानकारी दिइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विभिन्न कार्यालयका प्रमुख, नवनिर्वाचित जनप्रतिनिधि र नागरिक समाजको सहभागिता रहेको सो कार्यक्रममा आयोगद्वारा भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुन र नियन्त्रणमा आयोगको भूमिका, उजुरीको माध्यम, भ्रष्टाचारका कारण, भ्रष्टाचारबाट हुने हानि र अनुभूत गरिएका समस्याका विषयमा प्रकाश पारिएको थियो । 

सो अवसरमा आयोगका आयुक्त डा सावित्री थापा गुरुङले भ्रष्टाचार विकासको मुख्य बाधक रहेकाले सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न आयोग प्रतिबद्ध रहेको बताए । आयोग इटहरीका प्रमुख कालीप्रसाद पराजुलीले भ्रष्टाचारमुक्त समाज निर्माणमा राजनीतिक दल, कर्मचारी, पत्रकारका साथै नागरिक समाजको सहयोग आवश्यक रहेको बताए । 

Global Ime bank

प्रदेश नं १ का प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले आयोगको कामकारबाहीमा प्रहरीले महत्वपूर्ण भूमिका खेलेको प्रसङ्ग उल्लेख गर्दै यतिखेर प्रहरीमा व्यापक रुपमा आन्तरिक शुद्धीकरणमा जोड दिएको जानकारी दिए । आयोगका शाखा अधिकृत नीलकण्ठ विश्वकर्माले कार्यपत्र प्रस्तुत गर्दै गत आवमा ६५२ मुद्दा दर्ता भएकामा ६२७ वटा मुद्दा फछर्योट भएको जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  ०२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC