site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पर्वतमा कांग्रेसभन्दा गठबन्धन ८७०० मतले अगाडि, प्रतिस्पर्धा उमेदवारमा भर पर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभिन्न आशंका बीच आइतबार ४९ दलले उमेदवारको सूची बुझाएपछि अब प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुने पक्का भएको छ । 

समानुपातिकको सूचीमा कुन–कुन नेता परे भन्ने अझै भन्न सकिने अवस्था छैन । उता प्रत्यक्ष उमेदवार टुंग्याउन एमाले–माओवादीको बाम गठबन्धन निरन्तर सक्रिय छ भने कांग्रेसले सोमबार (आज) सम्म पार्टी एकता मै व्यस्त छ । 

निर्वाचन आयोगमा दर्ता भएका ८८ दलमध्ये ४९ मात्रै समानुपातिक उमेदवारको सूची पेश गरे भने कतिपय यसैबीचमा एकीकरण र विलय हुन पुगे । सोमबार मात्रै विजय गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा मिसिन पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

देशभरको माहोल जस्तै पर्वत जिल्लामा पनि चुनावले तातेको छ । अहिले चुनावी प्रचार–प्रसारभन्दा बाम गठबन्धन र कांग्रेसमा कसले टिकट पाउला भन्नेले पर्वतबासी जिज्ञासु बनेर बसेका छन् । 

दोस्रो चरण अन्तर्गत मंसिर २१ गते निर्वाचन हुने पर्वतमा कांग्रेस र बाम–गठबन्धनले जिल्लाबाट उमेदवार सिफारिस गरेपनि केन्द्रबाट टुंगिएको छैन । 

Global Ime bank

पर्वतमा गठबन्धन गरेका दलमा एमालेको मत माओवादीको भन्दा निकै बढि भएकाले तालमेलमा पनि कठिनाई भएको स्रोतले जनाएको छ ।  

गठबन्धनमा १ मात्रै क्षेत्र रहेको प्रतिनिधिसभा र प्रदेशको एउटा क्षेत्र एमाले तथा दोस्रो क्षेत्र माओवादीले लिने मोटामोटी समझदारी भएको छ । तर, कुन क्षेत्र माओवादीलाई दिने भन्ने अहिलेसम्म टुंगिन सकेको छैन । दुई मध्ये जुन क्षेत्र लिँदा पनि माओवादी एमालेकै भोटमा भर पर्नुपर्दा हु्ँदा टुंग्याउन गाह्रो भएको हो ।

एमालेको प्रतिनिधिसभाका लागि ७ जनाको नाम सिफासिर भएपनि पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिना र निवर्तमान क्षेत्र नं २ सांसद विकास लम्साल मध्ये एक हुनेछन् ।   

उता कांग्रेसले पनि प्रतिनिधिसभा पूर्व सांसद अर्जुनप्रसाद जोशी, ऋषिकेश तिवारी, ललितकला गुरुङ र बसन्त सिकेको नाम सिफारिस गरेको छ । यी मध्ये अहिलेसम्म नाम टुंगिसकेको छैन ।


प्रतिनिधिसभा : बाम गठबन्धन ८ हजार ७०३ मतले कांग्रेसभन्दा अगाडि
२४० निर्वाचन क्षेत्र हुँदा केन्द्रीय संसदका लागि दुई क्षेत्र भएको पर्वत अहिले एउटा मात्रै क्षेत्रमा सिमित भएको छ । 

दुई क्षेत्र हुँदा क्षेत्र नं १ बाट २०५६ को संसदीय निर्वाचन, पहिलो संविधानसभा र दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका अर्जुनप्रसाद जोशी लगातार विजयी भएका थिए । क्षेत्र नं २ बाट २०५६ मा कांग्रेस, पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्र तथा २०७० को चुनावमा एमाले विजयी भएको थियो । 

अब, दुई क्षेत्र एउटै हुँदा र बाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न कांग्रेसलाई सहज देखिँदैन । १ लाख ७ हजार २९८ मतदाता रहेको पर्वतमा दुई नगरपालिकासहित ७ स्थानीय तह छन् । जसमध्ये ४ तह एमालेले जितेको छ भने ३ मा कांग्रेस विजयी भएको छ । जिल्लाका ६२ वडा मध्ये ३७ मा एमाले, २१ मा कांग्रेस र ४ वडामा माओवादी विजयी भएको छ ।
यहाँ हामीले वडा अध्यक्षले प्राप्त गरेको मतलाई पार्टीले प्राप्त गरेको मतका रुपमा विश्लेषण गरेका छौं । विश्लेषणअनुसार जिल्लामा एमाले ३० हजार ३५ मत प्राप्त गरेको छ भने कांग्रेसको २७ हजार ७९५ मत छ । यता माओवादी केन्द्रको ६ हजार ६६५ मत छ भने राप्रपाले २०१ मत मात्रै ल्याएको छ । 

जसले गर्दा एमाले–माओवादी गठबन्धनको पक्षमा ३६ हजार ७०० मत हुँदा कांग्रेसको पक्षमा २७ हजार ९९७ रहेको छ । स्थानीय तहको नतिजाअनुसार  दुई पक्षबीचको अन्तर ८ हजार ७०३ मतको रहेको छ । 

भोट अन्तर ठूलो भएपनि पर्वतका मतदातले उमेदवार पनि हेर्दै आएका छन् । कांग्रेसभन्दा एमाले बढी भएको भनीने क्षेत्र नं १ मा तीन पटकसम्म अर्जुनप्रसाद जोशी विजयी भएका थिए । कांग्रेसका लागि जोशी नै बलियो र बाम गठबन्धनसँग कडा प्रतिस्पर्धा गर्नसक्ने नेता हुन् । 

उता क्षेत्र नं २ मा एमालेभन्दा कांग्रेस केही बलियो रहेको बताइए पनि २०७० मा एमाले विजयी भएको थियो । तर, माओवादी सँगको गठबन्धनले गर्दा एमाले उमेदवारलाई सहज भने पक्कै हुनेछ ।

प्रदेश क्षेत्र १ (क) : मतमा गठबन्धन अगाडि 
प्रदेशको दुबै क्षेत्रमा कांग्रेस र एमालेबीच मात्रै कडा टक्कर हुने थियो । तर, माओवादीसँग तालमेल गरेको अवस्थामा बाम गठबन्धनको मत बढी छ ।  प्रदेशको क्षेत्र १ मा एमालेको १७ हजार ३८१ मत रहेको छ भने माओवादीको ४ हजार ६८ मत रहेको छ । कांग्रेसको पक्षमा १५ हजार १०७ मत रहेको छ । 

यो क्षेत्रमा एमालेबाट जिल्ला अध्यक्ष पदम गिरीको सम्भावना बढी छ । यद्यपी गठबन्धन गरेको माओवादीलाई यो क्षेत्र पर्न पनि सक्छ । त्यो हुँदा आफ्नो पक्षमा धेरै मत हुँदा हुँदै पनि एमाले कार्यकर्ताले माओवादीलाई भोट हाल्नुपर्ने हुन्छ । 

यता कांग्रेस पनि बाम गठबन्धनको असन्तुष्टिलाई प्रयोग गर्दै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा देखिन्छ ।

प्रदेश क्षेत्र १ (ख) : उमेदवारले जित टुंगो
 प्रदेश क्षेत्र १(ख) मा एमालेको पक्षमा १३ हजार ६५४ मत छ भने माओवादीले जम्मा २ हजार ५९७ मत मात्रै छ । यता कांग्रेसको १२ हजार ६८९ मत रहेको छ । यो क्षेत्र पनि गठबन्धनको कुन दलले लिने भन्ने अझै टुंग्गो भइसकेको छैन । यद्यपि गठबन्धनको पक्षमा १६ हजार २५१ छ । 

माओवादी भन्दा धेरै मत अन्तरले अगाडि भएका कारण यस क्षेत्रका एमाले कार्यकर्ता पनि माओवादीलाई दिने पक्षमा छैनन् । तर, सबै जिल्लामा दुई पार्टीकै उपस्थिति देखाउने रणनीतिका कारण एमाले पक्षले एउटा क्षेत्र मान्नै पर्ने हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC