site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कस्तो कपाललाई कस्तो तेल लगाउने ?
Sarbottam CementSarbottam Cement

प्रनिशा अधिकारी

काठमाडौं । स्वस्थ र सुन्दर कपालले व्यक्तिको सुन्दरतामा ठूलो भूमिका हुन्छ । स्वस्थ्य र सुन्दर कपालका लागि तेल आवश्यक पर्छ । व्यक्तिलाई आकर्षक देखिन कपालका स्टाइलहरुले पनि उत्तिकै साथ दिएको हुन्छ । 

हामी सबैलाई एकै खाले कपालका स्टाइलहरु मन पर्दैन । र सबैलाई एकै खालको स्टाइलले पनि सुहाउँदैन । फरक स्टाइलका लागि फरक/फरक तरिका अपनाउन सकिन्छ । तर यसको लागि हाम्रो कपाल स्वस्थ हुनुपर्छ । स्वस्थ्य कपालको लागि हामीले कपालमा आवश्यकता अनुसारको हेरचाह गर्नुपर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कपाल स्वथ्य र सुन्दर बनाउनुलाई ओयल मसाज पनि भनिन्छ । कपालमा बेला बेलामा तेल लगाउने गर्यौं भने पनि कपाल सुन्दर, चम्किलो तथा मुलायम हुन्छ । कपालमा तेल लगाउने तरिका भने फरकफरक छन् । कस्तो कपाललाई कस्तो र कति तेल लगाउने कपालमा समस्या आउँदैन । 

तेल प्रयोग गर्ने तरिका 

Global Ime bank

कस्तो कपाललाई कस्तो तेल प्रयोग गर्ने भन्ने कुराले महत्व राख्छ । सबै खाले कपाललाई सबै खाले तेल प्रयोग गर्नु फाइदाजनक हुँदैन । तेलले कुनै पनि साइड इफेक्ट त पार्दैन तर तेलको प्रयोगले कपालमा कुनै सकारात्मक प्रभाव परेन भने तेल लगाउनुको कुनै अर्थ रहँदैन । 

सुख्खा कपालमा नरिवलको तेल हालेर हल्का तरिकाले मसाज गर्नाले हाम्रो कपाल सुन्दरका साथै कपालमा भएको सुख्खा पन मेटाई कपाललाई नरम पनि बनाउँछ । विशेष गरी मेहेन्दी तथा कलर गरेको कपालमा नरिवलको तेल लगाउँदा फाइदा हुन्छ । किनभने मेहेन्दी तथा रङ लगाएको बेला कपाल सुख्खा हुन्छ । 
सुख्खा नभएको तथा नर्मल खालको कपाललाई बिग्रन नदिन तथा स्वस्थ राख्न पनि तेल मसाज गर्नु आवश्यक हुन्छ । नर्मल कपाललाई हप्तामा दुईपटकसम्म ओयल मसाज गर्नु फलदायी हुन्छ । 

कपालमा तेल लगाए पछि कतिसमय राख्दा हामीलाई फाइदा हुन्छ त्यसको ख्याल राख्नु पनि आवश्यक पर्छ । एकदम बढी ड्राई भएको कपालमा तेल लगाएर रातभरी राख्दा राम्रो हुन्छ । यदि तपाईलाई टाउको तथा छालाको केही समस्या छ भने तपाईंले राती तेल लगाएर सुत्नु हुँदैन । यसको नकारात्मक असर पनि पर्न सक्छ । सामान्यतः तेल राखेको १/२ घण्टामा पखाल्दा राम्रो हुन्छ । 

कतिपयले तातो तेलको मसाज गर्ने गरेको पाइन्छ । तर यसो गर्दा हाम्रो जरा कमजोर हुने तथा कपाल झर्ने समस्या आउन थाल्छ ।  

यदि तपाई नुहाउनु भन्दा पहिला तेल मसाज गर्नुहुन्छ भने बाक्लो खालको तेल लगाउने गर्नुपर्छ । तेल कपालको जरा सम्म पुग्ने गरी लगाउने र १/२ घण्टा राखेर नुहाउनुपर्छ । 

नुहाइसके पछि तेल लगाउनु हुन्छ भने पातलो खालको तेल लगाउँदा राम्रो हुन्छ । यसले कपालमा साइनिङ पनि दिन्छ । नुहाएर बाक्लो खालको तेल लगाएमा अनुहारमा बग्न थाल्छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC