site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फिफा वरियतामा एक स्थान झर्दै नेपाल १७६ औं स्थानमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले सोमबार सार्वजनिक गरेको फिफा बरियतामा नेपाल १ स्थान तल झरेको छ । फिफा बरियतामा १७५ औं स्थानबाट एक स्थान तल झर्दै १७६ औं स्थानमा पुगेको हो ।

नेपालले असोज २४ गते एएफसी एसियन कप छनोट अन्तर्गत ताजिकिस्तानसँग भएको खेलमा ३–० गोलअन्तरले पराजित भएको थियो । दक्षिण एसियामा भने नेपाल चौथो स्थानमा छ । भारत फिफा बरियताको १०५ औं स्थानमा रहेको छ । त्यस्तै, अफगानिस्तान १५४ औं स्थानमा छ भने माल्दिभ्स १५६ औं स्थानमा रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यो पटक भने १६ स्थान तल झर्दै भुटान भने १९० औं स्थानमा पुगेको छ । १९६ औं स्थानमा बंगलादेश रहँदा १९८ औं स्थानमा श्रीलंका रहन सफल भएको छ । केही दिनअघि मात्रै फिफाको निलम्बनमा परेको पाकिस्तान भने २०१ औं स्थानमा छ ।

फिफा बरियताको शीर्ष स्थानमा विश्व विजेता जर्मनी रहेको छ । त्यस्तै, दोस्रो ब्राजिल, तेस्रोमा पोर्चुगल र चौथो स्थानमा अर्जेन्टिना रहेको छ । पाचौं स्थानमा बेल्जियम रहदा छैटौं स्थानमा पोल्याण्ड रहेको छ । फ्रान्स भने एक स्थान माथि उक्लिँदै सातौं स्थानमा पुगेको छ ।

Global Ime bank

यता, तीन स्थान माथि चडेको स्पेन आठौं स्थानमा छ । त्यस्तै, नवौं स्थानमा चिली रहँदा १० औं स्थानमा पेरु पर्न सफल भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC