site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आमिर विश्वकै सुपरस्टार
Sarbottam CementSarbottam Cement

– रब केन


डेढ वर्षअघि मैले शाहरुख खानलाई अनेक प्रमाणसहित बलिउडको ‘आइकन’का रूपमा प्रस्तुत गर्दै एउटा लेख लेखेको थिएँ । किङ खानका रूपमा शाहरुख हामीमाझ अझै पनि प्रसिद्ध सुपरस्टारका रूपमा परिचित छन् । तर, अहिले लाग्छ– मैले लेखेको त्यो लेख त्यति बलशाली थिएन र मैले पेस गरेका प्रमाणहरू पनि खासै बलिया थिएनन् ।

त्यो लेख त्यतिबेला लेखिएको थियो, जतिबेला शाहरुखको पछिल्लो फिल्म ‘फ्यान’ प्रदर्शनमा आएर फ्लप भएको थियो । त्यसले सात वर्षदेखिको ब्लकबस्टर रेकर्ड र चर्चालाई तोडिदियो । शाहरुखले वर्षौसम्म बलिउडमा राज गरे । उनले आफ्नो स्थानमा आउन कसैलाई दिएनन् । उनको इमानदार काम र प्रयासलाई सम्मान गर्दै मैले त्यो लेख लेखेको थिएँ, जसले पक्कै पनि उनका फ्यानलाई खुसी तुल्यायो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, हरेक शासनको अन्त्य हुन्छ । अब नयाँ राजाको गद्दीआरोहण गर्ने समय आएको छ । ती नयाँ राजा हुन्– अर्का खान अर्थात् आमिर खान ।

मैले शाहरुखबारे लेख्दा फिल्मका विभिन्न परिणामहरू (जस्तैः बक्स अफिस रेकर्ड, चर्चा, धन र बडीगार्डको सङ्ख्या आदिलाई नापेर हेरें । तर, अहिले मलाई अवस्था सहज लाग्छ र म यसलाई सामान्य ढङ्गले वर्णन गर्न सक्छु । त्यस्ता कैयौं परिणामहरूको तुलना गरेर हेर्दा आमिर खान अहिलेको समयमा नयाँ राजा हुन् ।

Global Ime bank

पूर्वसम्राट शाहरुख खानबारे मेरो धारणा निर्माण हुनुको एउटै कारण हो– उनका फिल्महरू अहिले बक्सअफिसमा सेलाउँदै गइरहेका छन् । २०१६ अप्रिलमा रिलिज भएको ‘फ्यान’ले बक्स अफिसमा निराशाजनक परिणाम दियो । त्यो फिल्मले जम्मा १८८ करोड भारु (२९ मिलियन डलर)को व्यापार गर्‍यो । मध्यमस्तरको कलाकारका लागि हो भने यो ठीकै हो तर मेगास्टारहरूका लागि भने यो नगन्य हो । यो फिल्मको बजेट ८५ करोड भएर आर्थिक रूपमा नाफा भए पनि शाहरुखको स्टारडमका लागि यो निराशाजनक हो ।

त्यसपछि नोभेम्बरमा रिलिज भएको ‘डियर जिन्दगी’ले १३९ करोड (२१ मिलियन डलर)को व्यापार गर्‍यो । खानले अन्त्यमा २०१७ जनवरीमा ‘रइस’ बाट सम्मानजनक सफलता हात पारे, जसले २८१ करोड (४५ मिलियन डलर)को व्यापार गर्‍यो । ‘रइस’को बजेट पनि ८५ करोड भारु थियो ।

त्यसपछि अगस्ट २०१७ मा रिलिज भएको रोमान्टिक कमेडी ‘जब ह्यारी मेट सेजल’ले शाहरुख खानलाई झनै तल खस्काइदियो । यसले विश्वभर जम्मा ११७ करोड भारु कमायो ।

अब आमिरको चर्चा गर्नुभन्दा अगाडि उनका प्रतिद्वन्द्वी सलमान खानको कुरा गरौं । अप्रिल २०१६ मा मैले सलमानलाई संसारकै चर्चित स्टारको उपमा दिएको थिएँ । २०१६ मा रिलिज भएको ‘सुल्तान’ ब्लकबस्टर भयो, जसले ५८४ करोडको व्यापार गर्‍यो । त्यतिबेला यसले विश्वभर हिन्दी भाषाका फिल्ममा तेस्रो स्थान हासिल गरेको थियो । व्यापारिक दृष्टिले यो फिल्म ‘धूम ३’ (२०१३) र ‘पिके’ (२०१४) भन्दा तल रह्यो । यी दुवै फिल्मले ७९२ करोड (१३० मिलियन डलर)को व्यापार गरेका थिए ।

तर, उत्कृष्ट फिल्मको दौड सलमानका लागि सस्तो बल्बजस्तै भयो, जब २०१७ मा युद्धसम्बन्धी उनको ‘ट्युबलाइट’ नराम्रोसँग पड्कियो । यो फिल्मले जम्मा १३५ करोडको बजेटमा २३७ करोड हात पार्‍यो । निर्माण युनिट र वितरकको अपेक्षा धूलिसात भयो । सलमानले आफ्नै लगानी र आफ्नै अभिनयलाई सही मूल्यांकन गर्न सक्दैनन भन्ने ‘गसिप’ सही प्रमाणित भयो । सन् १९९० को दशकमा सलमान खानका लगातार १० वटा फिल्म फ्लप भएका थिए । सन् २००० दशकको मध्यतिर पनि उनले यही नियति भोगे । तर, जस्तोसुकै अवस्था आइपरे पनि सलमानले आफूलाई सम्हालिरहेका थिए । तर, ‘ट्यूबलाइट’ले सलमानको ‘सुल्तान’लाई बिर्साउने काममात्र गरेन, बलिउडका दुई प्रतिस्पर्धीको वरीयताबाट तेस्रोमा झारिदियो ।

आमिर खानले अरू खानले झैं धेरै फिल्म बनाएनन् तर उनले जति बनाए, दर्शकले अत्यन्त रुचाए । यसले बक्सअफिसमा जादू नै गर्‍यो । १० वटामध्ये उनका ९ वटा फिल्म अत्यन्त चर्चित भए । ‘धूम ३’, ‘पिके’ र ‘दंगल’ धेरै नै चर्चित भए । ती फिल्म मानवतावाद, विचारशील र सामाजिक कथामा आधारित छन्, जुन साहै्र रमाइला थिए । शाहरुख र सलमान झैैं उनले पनि फिल्म निर्माण गरे, तर उनले अरूले भन्दा राम्रो ढङ्गले गरे । उनको बक्सअफिस हेर्दा एउटै नाम काफी छ, त्यो हो ‘दंगल’ ।

डिसेम्बर २०१६ मा आमिरको ‘दंगल’ले कसरी अरु दुवै खानको संयुक्त कमाइलाई एक्लै पछारे, हेर्नुस् तालिका:

\"\"

आमिरको अर्को फिल्म ‘सेक्रेट सुपरस्टार’ पनि त्यत्तिकै हिट हुने अनुमान लगाइएको छ । यदि कसैलाई आमिरको पछिल्लो फिल्म हिट हुँदैन जस्तो लाग्छ भने मलाई लेख्न सक्नुहुन्छ । म तपार्इंलाई कसरी समालोचना गर्ने भन्नेबारे बताउनेछु ।

तपाईलाई लागेको हुन सक्छ– मैले आमिरलाई किन विश्वकै नम्बर एकको पगरी दिएँ ? तपाईंले सोच्नुभएको होला– हलिउडमा त्यत्रा कलाकार छन् त !

त्यतिबेला मैले पनि तपाईंको कुरामा सहमति जनाउनेछु । हो– हलिउडका कलाकारले बलिउडका भन्दा धेरै कमाउँछन् । यो भारतीय फिल्म उद्योगको अकाट्य सत्य हो । 

भारत आफैंमा ठूलो जनसंख्या भएको मुलुक हो तर हलहरूमा निम्न आर्थिक अवस्थाका दर्शकको संख्या उल्लेख्य छ । र, सँगै प्रशस्त हल छैनन् । त्यसमाथि वितरणमा उस्तै समस्या छ । यी अवस्थाले फिल्म व्यापारलाई प्रतिकूल प्रभाव पारिरहेका छन् । त्यसैले स्टारहरूको बारेमा कुरा गर्नु आवश्यक छ ।


अर्को आयाम

माथि हामीले आमिरको असाधारण बक्सअफिस रेर्कडलाई हे¥यौं र कसरी त्यसले आमिरलाई विश्वकै ‘उत्कृष्ट फिल्म स्टार’ बनाएको छ भनेर चर्चा गर्‍यौं । अब उनका फिल्मको मुख्य तत्त्व, सांसारिक चर्चा र उनको तुलनात्मक लोकप्रियताको परीक्षण गरौं । यो कुरा पनि कतै न कतै बक्सअफिस रेकर्डसँग गएर ठोकिन्छ नै ।

टिकट किन्ने दर्शकमा कसरी आमिरको फिल्म हेर्नै पर्ने आकर्षण पैदा भएको होला ? उनमा त्यस्तो के क्षमता छ, जसले दर्शकलाई महिनौंसम्म उनको फिल्मको प्रतीक्षा भइरहन्छ ! यहाँ हामी आमिर किन विश्वकै १ नम्बर स्टार हुन् भन्ने तथ्य र उनको योग्यताबारे चर्चा गर्छौं ।

कतिपयलाई लाग्ला– नम्बर १ स्टारका रूपमा टम क्रुज, विल स्मिथ, ज्याकी च्यान, जेनिफर लरेन्स आदि हलिउड र चिनियाँ कलाकार छन् । प्रतिस्पर्धामा उनीहरू अब्बल छन् । तर, यथार्थ के हो भने यी सबै कलाकारका पछिल्ला फिल्म फ्लप भएका छन् । र, उनीहरूमा एक्लै फिल्मलाई हिट बनाउने जादुमयी शक्ति र सामथ्र्य छैन । आमिरले दशकौंदेखि यो क्षमता देखाउँदै आएका छन् । पछिल्लो दशकमा त उनका कुनै पनि फिल्म फ्लप भएका छैनन् । योभन्दा ठूलो प्रमाण अरु के चाहिन्छ ?

उत्तरी भारतको हिन्दीभाषी फिल्मी बजारमा आमिरले दशकौंदेखि आफ्नो प्रभाव पार्दै आएका छन् । उनको अभिनय अझ परिस्कृत त शिष्ट हुँदै गएका छन् । चरित्र छनोटमा पनि उनी परिपक्व हुँदै गएका छन् । यही कारण हो– भारतमा मात्रै नभई विश्वभर उनका फ्यानको संख्या बढेको बढ्यै छ । सन् २००९ ‘थ्री इडियट्स’ नआउँदासम्म आमिरका समर्थकहरू भारत र डायस्पोरामा सीमित मात्रामा थिए । विश्वका धेरैजसो स्थानमा उनी अपरिचित थिए, विशेषगरी चीनमा, जहाँ हिन्दी फिल्महरू कमैमात्र प्रदर्शनीमा आउने गर्छन् ।

‘थ्री इडियट्स’ हिटमात्र भएन, यसले हिन्दी फिल्मको बक्सअफिस रेकर्डसमेत तोड्यो । विषयवस्तुका रूपमा यो फिल्म आफैंमा सर्वव्यापी थियो, जसले विश्वभरिका दर्शकलाई प्रभाव पार्‍यो । यो फिल्म जताजता प्रदर्शन भयो, त्यहाँ यसले समर्थकहरूको साथ र माया पायो । चीनका कुनै पनि हलमा अहिलेसम्म प्रदर्शन नभए पनि यो फिल्म अहिलेसम्म ‘डउबान डट कम’मा १२ औं स्थानमा पर्न सफल भएको छ । योभन्दा माथि एकमात्र चिनियाँ फिल्म ‘फेरवेल माई कन्कुबाइन’ छ । कलाप्रतिको झुकाव र चरित्र आत्मीकरणको क्षमताका कारण त्यतिबेला ४४ वर्षीय आमिर ‘थ्री इडियट्स’मा १८ वर्षे ठिटोको भूमिकामा पनि ‘फिट’ देखिए र संसारभर नाम कमाए ।

‘थ्री इडियट्स’ आमिरका भावी फिल्महरूको नमुनाजस्तै बन्यो । सामाजिक चेत, मावनीय दृष्टिकोणमा धावा बोल्न सक्ने यो फिल्म धेरैका लागि प्रेरणादायी सावित भयो । त्यसपछिका ‘पिके’ र ‘दंगल’ले पनि यही दर्शन र सूत्र आत्मसात गरेर अरु ठूला रेकर्ड कायम गरे । उनले कुनै पनि फिल्ममा दर्शकलाई निराश पारेनन् । त्यसैले उनीजत्तिका सुपरस्टार विश्वमै कोही छैनन् ।

खान संसारकै सुपरस्टारका रूपमा परिचित हुनु भनेको सम्पूर्ण भारतीयका लागि प्रतिष्ठाको विषय हो, त्यो पनि संसारकै दोस्रो बढी जनसंख्या भएको मुलुकमा । उनका प्रशंसक भारतमात्रै होइन, विश्वभर छरिएका छन् । उनलाई शीर्ष स्थानमा राख्न प्रमुख भूमिका भने विश्वकै ठूलो मुलुक चीनका दर्शकले खेलेका छन् । त्यहाँ आमिरका जति कुनै पनि कलाकारका प्रशंसक छैनन् भन्दा अतियुक्ति नहोला ।

‘थ्री इडियट्स’लाई चीनमा यति धेरै मन पराइनुमा आफ्नै मौलिक कारण छन् । यो फिल्म मूलतः इन्जिनियरिङका विद्यार्थीको पीडा र संघर्षमा केन्द्रित छ । दिनहुँ विश्वविद्यालयमा अनेकानेक परीक्षण गर्दै बाँच्न बिर्सिएको पीा चिनियाँले पनि राम्ररी भोगेका छन् । यो कथाको मुख्य विषयवस्तु मित्रता, शैक्षिक चुनौती र घरको दबाबलाई चिनियाँ दर्शकले राम्रोसँग बुझेका छन् । आमिर खानले निर्वाह गरेको पात्र ‘र्‍यान्चो’ले साहसी र आफ्नो जीवन आफ्नै ढङ्गले बाँच्ने बिन्दास व्यक्तिको भूमिका निभाएको छ, जसलाई चिनियाँहरूले राम्रोसँग बुझेका थिए ।

त्यसपछिको उनको फिल्म ‘पिके’ले चीनलाई धेरै नै पछ्यायो । विशेषगरी फिल्ममा प्रश्न उठेको धर्म, अधिकार, अध्यात्म र भौतिकवादका कारणले गर्दा पनि चीनमा उनका प्रशंसक बढ्दै गएका थिए । त्यसपछि प्रदर्शनमा आएको ‘दंगल’ले त झन् चीनमा तहल्का नै मच्चाएको थियो । यसमा पारिवारिक सर्वोच्चता, आमा–बुवाको त्याग र माया, धैर्य र दृढताबिना गाउँको सामान्य व्यक्तिले संसार बदल्न सक्दैन भनेर देखाइएको छ । चीनबाट मात्रै १८५ मिलियन डलर (११ अर्ब ९९ करोड भारु) बक्सअफिस कलेक्सन गरेको ‘दंगल’ चीनमा अहिलेसम्म प्रदर्शन भएकामध्ये सबैभन्दा ठूलो गैरअंग्रेजी भाषाको फिल्म हो । अधिकांश चिनियाँले कुनै पनि हिन्दी भाषाको फिल्म पहिलो पटक हेरेका थिए । ‘दंगल’का बहुसंख्यक दर्शकले त आमिरलाई ‘थ्री इडियट्स’बाटै चिन्थे ।

आमिरको लोकप्रियतालाई कायम राख्ने र उनलाई फिल्मी जगत्को ‘राजा’ बनाइराख्ने पक्ष हो– उनको विनम्रता र समाजलाई प्रभाव पार्ने फिल्मप्रतिको लगाव । एकजनाले उनलाई ‘सामान्य मानिस, जैविक व्यक्ति’को उपनाम दिएका थिए । यदि उनीसँग सुपरस्टार हुनुको अहम् हुन्थ्यो भने पक्कै कतै न कतै प्रदर्शन गरिहाल्थे । तर, उनी त्यसो गर्दैनन् । यसले उनलाई अरुबाट फरक बनाउँछ । जबकि उनका प्रतिद्वन्द्वी सलमान सधैं कुनै न कुनै विवाद र चर्चामा आइरहन्छन् । र, उनमा अहम् पनि प्रशस्तै छ । आध्यात्मिक र संघर्षशील हुँदाहुँदै पनि शाहरुख आत्मकेन्द्रित बढी छन् । बिनाअर्थका धेरै फिल्म बनाएर आफ्ना प्रशंसकको अपेक्षालाई सधैं धूलिसात बनाइरहेका छन् ।

केही दिनअघि मेरा एक साथी भन्दै थिए, “म दुबईमा हुँदा ‘डन’मा काम गरेका एकजना साथीसँग कुरा गर्दै घुम्दै थिएँ । बलिउडको झल्को आउने मनोरञ्जन पार्कमा तीनै खानको सुटिङ रहेछ । दुई आठ घण्टा ढिलो आए अनि झर्र्किएर काम गर्न थाले । अर्का खान भने समयमै आए र सबै काम सके । निर्देशकले ‘र्‍याप अप’ भने पनि उनी चासोपूर्वक केही काम छ कि भनेर सोध्दै थिए । ती को होलान् ?”

मैले भनें, “पक्कै पनि आमिर खान हुन् ।”

म सही थिएँ ।

र, यदि तपाईं मलाई ‘विश्वकै ठूला फिल्म स्टार को हुन् ?’ भनेर सोध्नुहुन्छ भने मेरो उत्तर हुनेछ– आमिर खान । 

प्रस्तुति: रुमु न्यौपाने

(साभार: फोब्र्स.कम)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २८, २०७४  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC