site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संघाई ग्रुपको अनुसन्धान गर्ने प्रहरी निरीक्षक ठकुरीलार्इ ‘उत्कृष्ट अधिकृत’को पुरस्कार
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रहरी प्रधान कार्यालयले उत्कृष्ट अनुसन्धान गरेको भन्दै प्रहरी निरीक्षक अनिल ठकुरीलाई यस वर्षको उत्कृष्ट अनुसन्धान अधिकृतका रुपमा पुरस्कृत गरेको छ ।

६२ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक ठकुरीलाई यस वर्षको उत्कृष्ट प्रहरी अधिकृतका रुपमा पुरस्कार प्रदान गरिएको हो । 

Agni Group

प्रहरीको लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत ठकुरीलाई वर्षभरीको अनुसन्धानको मूल्यांकन गर्दै यस वर्षको पुरस्कार प्रदान गरिएको हो । ठकुरीले ८ वटाभन्दा बढी विभिन्न स्टिङ अप्रेशन गरी अवैध लागु औषध तथा हातहतियार समेत बरामद गर्न सफल भएका छन् । 

२०७३ असारमा ठकुरीले नै संघाई ग्रुपले सञ्चालन गर्दै आएको आर्या फर्मामार्फत लागु औषध बनाउन प्रयोग हुने ठूलो मात्रामा रसायन बरामद गरेका थिए । 

Global Ime bank

लामो समयदेखि अवैध रुपमा औषधीको आवरणमा रसायनको कारोबार गर्दै आएको संघाई ग्रुपलाई कानुनी दायरामा ल्याउन ठकुरीले नै अनुसन्धानको नेतृत्व गरेका थिए । त्यसैगरी उनले २०७३ साउनमा जाजरकोटमा पहिलो पटक ठूलो मात्रामा अफिम खेती नष्ट गरेका थिए । 

त्यसैगरी २०७३ असोजमा ठकुरीकै नेतृत्वमा मेडिकलबाट लागु औषध बिक्री हुने गरेको पत्ता लगाएर कारबाहीको दायरामा ल्याइएको थियो । त्यस्तै उपत्यकाका दर्जनौं मेडिकलमा छापा मारी अवैध लागु औषध बरामदसमेत उनैको टोलीले गरेको थियो ।

त्यसैगरी वर्षौंदेखि फरार रहेका लागु औषध तस्करीलाई पनि ठकुरीकै नेतृत्वमा पक्राउ गर्ने काम भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC