अर्थ व्यवसाय

काठमाडाैं–निजगढ द्रुतमार्ग डीपीआरको मूल्य तोक्ने जिम्मा निर्देशक समितिलाई

काठमाडौं । सरकारले काठमाडाैं–निजगढ दु्रतमार्ग निर्माणको विस्तृत अध्ययन प्रतिवेदन अध्ययन गरी मूल्य सिफारिस गर्ने जिम्मा आयोजना कार्यान्वयन गर्न गठित निर्देशक समितिलाई दिएको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेस (आईएलएएफएस)ले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन अध्ययन गरी मूल्य सिफारिस गर्ने जिम्मा आयोजना कार्यान्वयनका लागि गठित निर्देशक समितिलाई दिएको हो । 

बैठकले आईएलएएफएसले तयार पारेको पारेको विस्तृत योजना प्रतिवेदन अध्ययन गरी सो कम्पनीसँग आवश्यक वार्ता गरी प्रतिवेदनको उपयोगिताका आधारमा मूल्य सिफारिस गर्न स्वीकृति दिने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीेले जानकारी दिए । 

सरकारले काठमाडाैं निजगढ दु्रत मार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । सेना मार्फत सो आयोजना निर्माणका लागि भारतीय कम्पनी आईएलएएफएसको प्रस्ताव आएको हो । यो आयोजना चार वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने राष्ट्रिय गौरवको आयोजना हो । ६ महिना सम्म पनि आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार हुन सकेको छैन ।
 

तपाईंको मत