site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालको चौथो विकेट पतन, कप्तान पारस बोल्ड आउट
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरण अन्तर्गत पहिलो खेलमा हङकङले दिएको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले चौथो विकेट गुमाएको छ  ।
हङकङस्थित मिसन रोड ग्राउण्डमा हङकङले दिएको १९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले १८ ओभर ४ बलमा महत्वपूर्ण चार विकेट गुमाएको हो । नेपालले  चौथो विकेटका रुपमा कप्तान पारस खड्कालाई २६ रनमा गुमाएको हो । उनलाई एजाज खानले आउट गरेका हुन् ।
नेपालले ४ विकेटको क्षतिमा ६९ रन बनाएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा अलआउट हुँदै १९४ रन बनाएको थियो । नेपाली बलरले कसिलो बलिङ्ग गरेपछि हङकङले उच्च स्कोर बनाउन सकेन ।  घरेलु टोलीका लागि जेमी एटकिनसनले अर्धशतकीय पारी खेलेका थिए । जेमीले एटकिनसनले ११७ बलमा ९ चौका र १ छक्कासहित ७६ रन बनाए ।
यस्तै पछिल्लो क्रममा ब्याटिङ्ग गर्न आएका तानवीर अफजलले ४२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाए  । इशान नवाज १६  रनमा अविजित रहे । यस्तै कप्तान बाबर हायतले २९, वाकस खानले १४ तथा निजाकट खानले १३ रन बनाए । हङकङका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । नेपालका सन्दिप लामिछानेले ३ तथा बसन्त रेग्मी र  करण केसीले समान २ – २ विकेट लिए  ।  सुशन भारीको नाममा एक विकेट रह्यो  । 
सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि नेपाललाई यो खेल निकै महत्वपूर्ण रहेको छ  । छनोटमा स्थान बनाउन च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ । आजको खेलमा नेपाल ‘गर या मर’को स्थितिमा रहेको छ ।  छनोटको अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हात पार्नैपर्ने चुनौती रहेको छ ।
यता, नेपालसंगको खेल हङकङको लागि पनि यो त्यतिकै महत्वपूर्ण खेल हो । हङकङ पनि अन्तिम चारमा स्थान बनाउन संघर्षरत छ । नेपालले दोस्रो खेल हङकङसँग आइतबार खेल्नेछ । च्याम्पियनसिपको अन्तिम सातौं  चरणमा नेपालले युएईसँग उसैको मैदानमा खेल्दैछ ।
अंक तालिकामा नेपाल छैटौं स्थानमा छ भने हङकङ नेपाल भन्दा दुई हुँदै चौथो स्थानमा छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुँदै ८ अंक रहेको छ । हङकङको भने १० खेलबाट ११ अंक रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC