site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शान्तिसुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री शर्मा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले जनताको शान्ति सुरक्षामा सरकारले कुनै पनि सम्झौता नगर्ने दावी गरेका छन् । शुक्रवार प्रहरी प्रधान कार्यालयमा ६२औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री शर्माले प्रहरी सधैं जनताको सुरक्षामा खटिने भएकाले शान्ति सुरक्षामा कुनै खालका पनि सम्झौता नहुने बताए । 

गृहमन्त्री शर्माले भने, “प्रहरीको सुरक्षामा जनताको बाँच्न पाउने अधिकार गाँसिएकाले कुनै पनि विषयमा सम्झौता हुँदैन ।” प्रहरी संगठन ऐन, नियम र प्रणाली अनुसार सञ्चालन हुनुपर्ने भएकाले कसैले संगठनलाई व्यक्तिगत दबाबमा चलाउन खोज्न नहुने मन्त्री शर्माले बताए ।

प्रहरी संगठन राजनीतिमुक्त संगठन हुनुपर्ने उनको भनाइ छ । कार्यक्रममा यस वर्ष विरगति प्राप्त गरेका २५ जना वीर प्रहरीका परिवारलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC