site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालको तेस्रो विकेट पतन, दिपेन्द्र ३ रनमा आउट 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरण अन्तर्गत पहिलो खेलमा हङकङले दिएको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले तेस्रो विकेट गुमाएको छ  । 
हङकङस्थित मिसन रोड ग्राउण्डमा हङकङले दिएको १९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले १६ ओभर ३ बलमा तेस्रो विकेट गुमाएको हो । नेपालले तेस्रो विकेटका रुपमा उपकप्तान दिपेन्द्र सिंह एरीलाई ३ रनमा गुमाएको हो । उनलाई एजाज खानले आउट गरेका हुन् ।
तेस्रो विकेट गुमाएसँगै नेपालले १६  ओभरमा ३  विकेटको क्षतिमा ५६ रन बनाएको छ । नेपालका कप्तान पारस २६ रन बनाएर क्रिजमा छन् । 
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा अलआउट हुँदै १९४ रन बनाएको थियो । नेपाली बलरले कसिलो बलिङ्ग गरेपछि हङकङले उच्च स्कोर बनाउन सकेन ।  घरेलु टोलीका लागि जेमी एटकिनसनले अर्धशतकीय पारी खेलेका थिए । जेमीले एटकिनसनले ११७ बलमा ९ चौका र १ छक्कासहित ७६ रन बनाए । 
यस्तै पछिल्लो क्रममा ब्याटिङ्ग गर्न आएका तानवीर अफजलले ४२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाए  । इशान नवाज १६  रनमा अविजित रहे । यस्तै कप्तान बाबर हायतले २९, वाकस खानले १४ तथा निजाकट खानले १३ रन बनाए । हङकङका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । नेपालका सन्दिप लामिछानेले ३ तथा बसन्त रेग्मी र  करण केसीले समान २ – २ विकेट लिए  ।  सुशन भारीको नाममा एक विकेट रह्यो  ।  
सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि नेपाललाई यो खेल निकै महत्वपूर्ण रहेको छ  । छनोटमा स्थान बनाउन च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ । आजको खेलमा नेपाल ‘गर या मर’को स्थितिमा रहेको छ ।  छनोटको अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हात पार्नैपर्ने चुनौती रहेको छ । 
यता, नेपालसंगको खेल हङकङको लागि पनि यो त्यतिकै महत्वपूर्ण खेल हो । हङकङ पनि अन्तिम चारमा स्थान बनाउन संघर्षरत छ । नेपालले दोस्रो खेल हङकङसँग आइतबार खेल्नेछ । च्याम्पियनसिपको अन्तिम सातौं  चरणमा नेपालले युएईसँग उसैको मैदानमा खेल्दैछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC