site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सबै दल निर्वाचनमा होमिइसके, अब मिति वा कार्यतालिका तलमाथि हुँदैनः प्रमुख आयुक्त 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राजनीतिक गठबन्धन र तालमेलले निर्वाचनमा कुनै असर नपर्ने बताएका छन् ।

बिहीबार आयोगमा संक्षिप्त प्रतिकृया दिँदै यादवले चुनावी तालमेलले निर्वाचमा सबै दल होमिएको संकेत गर्ने बताए । 

उनले २९ गते समानुपातिकको बन्द सूची पेश गर्न दलहरूले दिनरात गृहकार्य लागिरहेकोले अब चुनावप्रति आशंका नगर्न आग्रह गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

“दलहरु मनोनयनका लागि बन्द सूची तयार पार्दै हुनुहुन्छ । हामीले राजनीतिक कुनै माहोल परिवर्तन भएको पाएका छैनौं,” उनले भने, “अब आशा गरौं निर्वाचनका लागि राजनीतिक स्वच्छ वातावरणको साथमा सबै राजनीतिक दल, नेपाल सरकार अगाडि बढिरहेको छ ।” 

उनले २९ गते हुने मनोनयन अत्यन्त सफल हुने विश्वास व्यक्त गर्दै अब निर्वाचन बारे कुनै चिन्ता र शंका नगर्न सबैलाई आग्रह गरे ।

Global Ime bank

पर्याप्त सुरक्षा प्रबन्ध मिलाउन निर्देशन 

यसैबीच आयोगले बुधबार १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न उच्चस्तरीय सुरक्षा समितिको बैठक राखेको थियो । 

प्रमुख निर्वाचन आयुक्त डा. यादवले गृह मन्त्रालयले पेश गरेको सुरक्षा योजना वस्तुगत र व्यावहारिक रहेको बताएका छन् ।

मनोनयनपत्र दर्ता गर्ने दिनको सुरक्षा, पहिलो चरणको मतदानपछि सदरमुकाममा ल्याइएका मतपेटिकाको सुरक्षा, अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा राष्ट्रियस्तरका नेताहरुको सुरक्षाजस्ता विषयमा पनि पर्याप्त ध्यान दिन निर्देशन दिए । 

उनले सुरक्षाकर्मीलाई निर्भीक तथा निष्पक्ष भई आफ्नो कार्यक्षेत्रमा खटिन पनि निर्देशन दिए । सो अवसरमा हिमाली र उच्चपहाडी इलाकामा हिँउ पर्ने सम्भावनालाई समेत ध्यान दिई सुरक्षा योजना तथा सुरक्षा प्रबन्ध मिलाउन आयुक्तहरुले सुरक्षा निकायलाई सुझाव दिएका थिए । 

बैठकमा निर्वाचन आयुक्त सुधीर कुमार शाहले राजनीतिक दलहरुको अस्वस्थ प्रतिस्पर्धाले सुरक्षा चुनौती थपिने तथा जातीय र साम्प्रदायिक सद्भाव कायम राख्न पनि सुरक्षा निकायले चनाखो  भई सुरक्षा योजना कार्यान्वयन गर्नुपर्ने बतए ।  

गृहसचिव लोकदर्शन रेग्मीले मन्त्रालयले तयार पारेको निर्वाचन लक्षित सुरक्षा योजना प्रस्तुत गरेका थिए ।  

उनले निर्वाचन सुरक्षामा नेपाली सेनालगायत चारवटै सुरक्षा निकाय परिचालित हुने तथा पर्याप्त सुरक्षाकर्मी उपलब्ध गराउने उद्देश्यले ९८ हजार म्यादी प्रहरी नियुक्ति गर्न लागिएको जानकारी दिए ।  

बैठकमा प्रमुख आयुक्तसहित आयुक्तहरु,गृहसचिव रेग्मी, रक्षासचिव श्रीधर सापकोटा, आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी बलदेवराज महत, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलगायतको उपस्थिति थियो ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC