site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओली र दाहालसँग प्रधानमन्त्रीले भने–ढुक्क हुनुस्, चुनाव सर्दैन
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति नसर्ने स्पष्ट पार्दै ढुक्क हुन प्रमुख दललाई आग्रह गरेका छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बैठकमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने विश्वास दिलाएका थिए ।

Agni Group

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार भएको बैठकमा प्रधानमन्त्रीले कुनै पनि हालतमा चुनाव नसर्ने स्पष्ट पार्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले आचारसंहिताको पूर्ण पालना गर्न पनि सरकार तयार रहेको धारणा राखेको एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले जानकारी दिए ।

Global Ime bank

“प्रधानमन्त्रीले दुईवटा कुरामा आश्वस्त पार्नुभयो,” नेता नेपालले भने, “चुनावको मिति सर्दैन । तपाईँहरु ढुक्क हुनुहोस् । अर्को कुरा सरकार निर्वाचन आचारसंहिता पालना गर्ने कुरामा गम्भीर छ । शंका गर्नुपर्दैन ।”

बैठकले राष्ट्रिय सभा निर्वाचन विधेयकमा सहमति जुटाउने जिम्मेवारी प्रमुख तीन दलका शीर्ष नेतृत्वलाई दिएको छ ।  राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणको आधारमा तय गर्नुपर्ने सरकारको प्रस्तावमा प्रमुख प्रतिपक्ष एमालेको असहमति छ । सोही विषयमा सहमति जुटाउने जिम्मेवारी कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
तस्बिर रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC