site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संविधानसभा र स्थानीय निर्वाचनलाई आधार बनाएर क्षेत्र बाँडफाट गर्ने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।  सत्तारुढ नेपाली काँग्रेसले आगामी मंसिरमा हुने भनिएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तय गर्न आन्तरिक छलफललाई तीव्रता दिएको छ । विहिबार बसेको कांग्रेस संसदीय समितिको दोस्रो बैठकमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तय गर्ने विषयमा घनीभूत छलफल भएको छ । 
बैठकमा समानुपातिक तर्फ जिल्लाहरुबाट सिफारिशमा परेका आकांक्षीहरुका बारेमा छलफल भएको संसदीय समिति सदस्य बालकृष्ण खाँडले जानकारी दिए । ‘‘जिल्लाहरुबाट प्राप्त उम्मेदवारका आकांक्षी मध्येबाट समानुपातिक तर्फका उम्मेदवार तय गर्न प्रारम्भीक छलफल भएको छ ।’’ उनले बाह्रखरीलाई बताए । 
बुधबार संसदीय समिति गठन भएकै दिनदेखि कांग्रेसले उम्मेदवार चयनका विषयमा छलफल सुरु गरेको थियो । काँग्रेसले असोज २८ गते भित्र समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचि टुंगो लगाउने तयारी गरेको नेता खाँडले बताए । निर्वाचन आयोगले दलहरुलाई असोज २९ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचि बुझाउन भनेको छ । 
बैठकमा सहभागि कांग्रेस संसदीय समितिका अर्का सदस्य अर्जुननरसिँह केसीले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तय गर्न आन्तरिक छलफललाई तीव्रता दिइएको बताए । उनका अनुसार समितिले बैठकमा उम्मेदवार बनाउने विषयमा पार्टीका प्रत्यक्षतर्फका सांसदहरुको धारणा बुझ्ने कामलाई पनि जारी राखेको छ । 
काँग्रेसले संविधान सभा निर्वाचन र स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार बनाएर लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुसँग निर्वाचन क्षेत्र बाँडफाँड गर्ने तयारी पनि गरेको छ । संविधान सभा र स्थानीय तह निर्वाचनमा प्राप्त मत परिणामको आधारमा गठबन्धनमा आवद्ध दलहरुसँग निर्वाचन क्षेत्र बाँडफाँड गरेर उम्मेदवार तय गर्ने मापदण्ड तय गरिएको पनि नेता केसीले जानकारी दिए ।
आगामी मंसीर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । निर्वाचनका लागि काँग्रेसले चुनावी तालमेल गर्न छ दलीय लोकतान्त्रिक गठबन्धन निर्माण गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC