site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एक्सन पोलिमरद्वारा मिलानो ब्राण्डका फुटवेयर सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली बजारमा मिलानो ब्राण्डका फुटवेयर सर्वजनिक भएको छ । स्वदेशी कम्पनी एक्सन पोलिमर प्रालिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त मिलानो ब्राण्डका फुटवेयर नेपाली बजारमा सार्वजनिक गरेको हो । अन्तर्राष्ट्रिय स्तरका जुत्ताचप्पल नेपाली ग्राहकमाझ पुर्याउने उद्देश्यले आधुनिक फेशनसहित सो ब्राण्ड ल्याएको कम्पनीले बताएको छ । 

कार्यक्रममा कम्पनीका अध्यक्ष राजेश अग्रवालले सार्वजनिक गरिएको फुटवेयर विश्वको उत्कृष्ट इटालियन प्रविधिबाट पहिलो पटक पोली युरिथिन (पीयु) फुटवेयर उत्पादन भएको दावी गरे । “इटालियन प्रविधिमा पियु चप्पलहरुको यो पहिलो उत्पादन हो,” उनले भने, “कम्पनी गएको वर्ष भैरवामा करिब ३० करोड रुपैयाँ लगानी गरी स्थापना गरिएको हो ।” कम्पनीले पीयू स्लीपर, स्याण्डल, जुत्ता लगायत उत्पादन गरिरहेको छ । हरेक लिंग र उमेर समूहका मानिसहरुका लागि फुटवेयर उत्पादन भइरहेको उनको भनाइ छ । 

Agni Group

कम्पनीका अनुसार मिलानो ब्राण्डका फुटवेयरहरुका विशेषताको रुपमा हलुका तौल, स्वास्थ्यलाई फाइदाजनक, प्रतिस्पर्धात्मक मूल्य, फेशनेबल, आरामदायी, टिकाउ, वाटरप्रुफ लगायत रहेका छन् । कम्पनीका प्रबन्धक निर्देशक प्रदीप अग्रवालले उद्योगले फुटवेयर उत्पादन मात्र नगरेर रोजगार सिर्जना गर्ने तथा बेरोजगारी समस्यालाई न्यूनीकरण समेत गर्न सहयोग गर्ने जनाए । “कम्पनीले स्थानीय फुटवेयर उद्योगलाई प्रबद्र्धन गर्ने र विदेशी आयातलाई विस्थापन गर्न सहयोग पुग्नेछ,” उनले भने । 

कम्पनीका अध्यक्ष अग्रवालले कार्यक्रमको अवसरमा बजारमा मिलानो ब्राण्डका ३५० देखि ६ सय रुपैयाँसम्मको फुटवेयर उपलब्ध रहेको जानकारी दिए । स्थापना लदेखि हालसम्ममा कम्पनीले प्रत्यक्ष तीन सय र अप्रत्यक्ष रुपमा हजारभन्दा बढी संख्यामा रोजगारी प्रदान गरेको जनाएको छ । जसमा ४० प्रतिशत पुरुष र ६० प्रतिशत महिला कामदार तथा कर्मचारी रहेको कम्पनीको भनाइ छ । कम्पनीमा ९५ प्रतिशत स्वदेशी जनशक्तिले काम गरिरहेको छ ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC