अर्थ व्यवसाय

सिफलमा ‘चोकोफन बाल–बाटिका’ उद्घाटन 

काठमाडौं । कनफेक्सनरी (चकलेट) उत्पादक कम्पनी सुजल फूड्स नेपालद्वारा बाल संरक्षण गृह उद्घाटन गरिएको छ । बाल मन्दिरको शाखा काठमाडौं स्थित सिफलमा समारोहबीच ‘चोकोफन बाल–बाटिका’ नामक उक्त खेलमैदान उद्घाटन गरेको बताइएको छ । 

कम्पनीले उक्त उद्घाटन गरिएको ‘चोकोफन बाल–बाटिका’ द्वारा बाल संरक्षण गृहमा आश्रित बाल–बालिकाहरुलाई खुशी र मुस्कान बाँड्ने जमर्को भएको बताएकोे छ । 

कम्पनीका अनुसार उक्त संरक्षण गृह हाता सुन्दर ढङ्गले निर्माण गरिएको छ । जहाँको खेलमैदानमा बालबालिकाका लागि खेल सामाग्री चिप्लेटी, ढिकी–च्याउ र पिङ् लगायत जडान गरिएको कम्पनीको भनाइ छ । खेल–मैदान विभिन्न रङ्गहरुको प्रयोग गरी कलात्मक ढङ्गले बारबेर गरिएको छ । मैदानमा निमार्ण सामाग्रीहरु छनौट गर्नेक्रममा बाल–बालिकाहरुको सुरक्षा मैत्री छ । खेलमैदानबाट बाल संरक्षण गृहमा आश्रितबाल–बालिकाहरुलाई लाभकारी हुने कम्पनीको विश्वास छ । 

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अनुरुम सो बालगृह निर्माण गरेको जनाएको छ ।

सुजल फू्ड्स प्रालि लक्ष्मी ग्रुप अन्तर्गतको भातृसंस्था हो । कम्पनिले अन्तरष्ट्रिय स्तरको वेफर, टफी, बबलगम् तथा स्टिक गम् उत्पादन गर्दै आएको बताइएको छ । करिब डेढ दशकदेखि कम्पनीको उत्पादन चोकोफन समेत नेपाली बजारमा उपलब्ध छ ।
 

तपाईंको मत