site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुष्प मेलामा माटोरहित पट फ्लावरप्रति ग्राहकको आकर्षण
Ghorahi CementGhorahi Cement

काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा जारी पुष्प मेलामा माटोरहित पट फ्लावरप्रति ग्राहकको आकर्षण बढेको छ । हलुका र माटो रहित भएका कारण ग्राहकलाई आकर्षण गर्ने एक माध्यम बनेको पुष्प व्यवसायीहरुको भनाइ छ । 

बागमती फ्लोराले अवलोकनकर्ताको मुख्य आकर्षण पट फ्लावर बनेको बताएको छ । रोज, कार्नेशन, हाइबिसकस, भर्बेना, पिटुनिया, इम्पपेसन्स लगायतका फूलहरु पट फ्लावरमा उपलब्ध रहेको पुष्प व्यसायीहरुले जनाएका छन् । 

Agni Group

बागमती फ्लोराले बजारमा ल्याएको पट फ्लावरमा माटोको सट्टा नरिवलको जट्टा प्रयोग गरिएको बताइएको छ । गिफ्टको रुपमा हेरिने माटोरहित पट फ्लावर इन्डोर र सदाबहार प्लान्टको रुपमा प्रयोगमा आउने गरेको छ । अफिस, बैंक, लिभिङ रुम, बाथरुम लगायत घरको जुनसुकै सानो स्थानमा पनि राख्न मिल्ने पट फ्लावर नेदरल्याण्डबाट आयातित प्रबिधी भएको ग्लोबल फ्लोरा प्रालिका प्रबन्ध निर्देशक सञ्जिब कार्कीले जानकारी दिए । 

हल्याण्डको पम भन्ने संस्थासँगको प्राबिधिक सहयोग सहित उक्त बिरुवा बजारमा ल्याएको कार्कीको भनाइ छ । उपहार दिने परिपाटीलाई आत्मसात गर्दै बजारमा ल्याइएको पट फ्लावर साइज र बिरुवाको आधारमा ५ सयदेखि ५ हजार रुपैयाँसम्म पर्ने जनाइएको छ । 

Global Ime bank

उपत्यकाका मुख्य फ्लावर सप र गिफ्ट पसलहरुमा उपलब्ध रहेको पट फ्लावर जावलाखेलमा जारी पुष्प मेलामा राखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC